उपमहानगरपालिका घोषणाको माग गर्दै सात दिनदेखि अनशन

कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै उद्योग वाणिज्य सङ्घको अगुवाइमा सात दिनदेखि कलैयामा रिले अनशन जारी छ । व्यापारी-व्यवसायी, नगरबासी र स्थानीय राजनीतिक दलले रिले अनशन गर्दै आएका हुन् ।

स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै उनीहरू रिले अनशनमा बसेका हुन् । स्थानीय तह पुनर्संरचना आयोगले कलैयालाई नगरपालिकामै सीमित राखी कलैया नगरपलिकाको २१ नं वडालाई छुटयाएर सिमरा-जितपुर उपमहानगरमा गाभ्ने सिफरिस गरेको विरोधमा उनीहरू एक सातादेखि चक्काजाम, रिले अनशन, विरोध र्‍याली जस्ता विरोधका कार्यक्रम गर्दै आएका छन् ।

यसैगरी पिपरपाती पचरौतालाई नटुक्र्याइ गाउँपालिका बनाउन माग गर्दै यहाँका स्थानीय बासिन्दालेसमेत विरोध प्रदर्शन गर्दै आएका छन् ।

उपमहानगरपालिका नबनाएसम्म रिले अनशन जारी रहने र थप सशक्त आन्दोलन गर्ने उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष विनोद बरैले बताए ।

गाउँपालिका¸ नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले यहाँ एक जितपुर-सिमरा उपमहानगरपालिका, पाँच नगरपालिका र सात गाउँपालिका गरी १३ ओटा स्थानीय इकाईको खाका तयार गरी सरकारलाई बुझाएको छ ।


लक्ष्मीसाह सोनार