उपभोक्ता समितिका अध्यक्ष वडा सदस्यद्वारा कुटिए

जैमिनी नगरपालिका–८ मा सडक निर्माणको क्रममा वडा सदस्य ५५ वर्षीय कर्णसिंह पुनले कुटपिट गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष ५५ वर्षीय नारायण प्रसाद पौडेलले जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिनुभएको छ ।

वडा सदस्य पुन सहित ३६ वर्षीय बसन्त पौडेल, ५२ वर्षीय रघुनाथ पौडेल र ४८ वर्षीय टंकबहादुर क्षेत्री विरूद्ध पौडेलले पुस ८ गते उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी झविन्द्रप्रसाद भट्राईले जानकारी दिनुभयो ।

वडा सदस्य सहितको समूहले आफुलाई पुस ४ गते दुव्र्यवहार, कुटपिट गर्दै धम्की दिएको उजुरीमा उल्लेख गरिएको छ ।

सडक निर्माणको क्रममा वडा सदस्य पुनले आफुसँग कमिसन मागेको र दिन अस्वीकार गरेपछि कुटपिट गरिएको पौडेलले बताउनुभयो ।


सिर्जना पन्त