उपभोक्ताको स्वास्थ्य माथि लापरवाही, चामलमा भेटियो युरिया मल
पर्वतको कुश्मा नपा–७ गोदाम बस्ने कृष्णप्रसाद आचार्यले बजारबाट किनेर लगेको चामलमा युरिया मल मिसाबट भएको पाइएको छ ।
सौरभ फुड प्रोडक्टस प्रालि बाराले उत्पादन गरेको सोल्टी ब्राण्डको जिरा मसिनो चामलको सिल गरिएको बोरा खोल्दा युरिया मल भेटिएको हो ।
सदरमुकाम कुश्माबजारको दुर्लुङ्गचोकमा रहेको प्रभु शरणम् किराना पसलबाट माघ २० गते बेलुकी चामल घर लगेको र माघ २१ गते बिहान भात पकाउने क्रममा चामलमा युरिया भेटिएको आचार्यले बताए ।
अघिल्लो दिन सोही बोराको चामल पकाएर खाँदा परिवारका सदस्यलाई झाडापखाला लागेपछि शङ्का लागेर चामल हेर्दा युरिया मलका सेता दाना बाक्लै भेटिएपछि जिल्ला प्रशासन कार्यालय, पर्वतमा उजुरी दिएको आचार्यले बताए ।
‘बेलुका भात पकाएर खाँदा सबैलाई पखाला लागेपछि बिहान चामल हेर्दा युरिया देखियो ।’–आचार्यले भने–‘त्यसपछि प्रशासनमा खबर गरेको हुँ । आचार्यले माघ २१ गते जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी दिएका हुन् ।
सौरभ फुड प्रोडक्टले ०७५ मङ्सिर २५ गते प्याकिङ्ग गरेको ब्याच नं. २९ को सो सोल्टी जिरा मसिनो चामलको बोरा प्रशासन कार्यालयमा राखिएको छ । चामलको उपभोग्य मिति भने २४ महिना रहेको उल्लेख छ ।
उपभोक्ता आचार्यको उजुरीको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङका निमित्त प्रमुख केदार पौडेल सहितको टोलीले सो चामलको बोरा अध्ययन अनुसन्धानका लागि लिईएको जनाएको छ ।
पसलको गोदाममा रहेका अन्य बोराहरू हेर्दा भने यूरियाको मिसावट नभएको पाइएको निमित्त प्रमुख पौडेलले बताए ।
डिभिजन कार्यालयको प्रारम्भिक अनुसन्धानका क्रममा चामल उत्पादकले नै त्रुटि गरेको निश्कर्षमा पुगिएको र थप अनुसन्धानका लागि चामल प्रयोगशाला पठाइने पौडेलले जानकारी दिए ।
सो घटनाबारे अनुसन्धान भइरहेको र उपभोक्ताको स्वास्थ्य अधिकार हनन् भएको प्रमाणित भएमा दोषीलाई कानुन बमोजिम कारवाही गरिने पर्वतका प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले बताए ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…