उपप्रमुखद्वारा कर्मचारीमाथि कुटपिट गरेको पीडितको आरोप
मुसिकोट नगरपालिका उपप्रमुख बिमल कुमार पुनले साउन ९ गते कार्यालयको काम गरिरहेका बेला शिक्षा शाखा प्रमुख नरेन्द्र ओली माथि कुटपिट गरेको पीडितले आरोप लगाउनु भएकाे छ ।
मुसिकोट नगरपालिका –१ मा रहेको त्रिभुबन जनता माध्यमिक विद्यालयको उच्च माध्यामिक तहको लेखा बिषयको शिक्षक पदपुर्तिको लागि निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खडकाको कार्यकक्षमा आवश्यक काम गरिरहेका बेला परीक्षा रोक्न भन्दै आफू माथि नगर उपप्रमुख पुनले हातपात गरेको शिक्षा शाखा प्रमुख ओलीले बताउनुभयो ।
उपप्रमुख पुनले भने सेटङि मिलाएर कर्मचारी भर्ना गर्न खोज्ने प्रवृतिको अन्त्यका लागि आफू लागीपरेको उल्लेख गर्नुहुँदै कोही कर्मचारी माथि हातपात नगरेको दाबी गर्नुभयो ।
आफूले अनयिमति तरिकाले विद्यालयको कर्मचारी भर्ना गर्न खोज्ने प्रकृया रोक्न माग मात्र गरेको तर हातपात नगरेको बताउनुभयो ।
पीडित ओलीले सोही दिन आरोपति विरुद्ध जिल्ला प्रहरी कार्यालय उजुरी दिएको डिएसपी नमराज भट्टराईले जानकारी दिनुभयो ।
उक्त घटनाको विषयमा आवश्यक छानबिन गरी दुबै पक्षलाई राखेर छलफल गर्ने डिएसपी भट्टराईले बताउनुभयो ।
हिरा परियार
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…