उपनिर्वाचन ०८१ का लागि मनोनयनपत्र दर्ता सम्पन्न, आचारसंहिता विपरीत उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा ! (फोटो फिचर)

  ०८१ मङ्सिर ४ गते

लुम्बिनी प्रदेशका रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिका-४ मा वडाध्यक्ष, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष र बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका-४ मा वडाध्यक्ष पदको लागि ०८१ मङ्सिर १६ गते हुनगइरहेको उपनिर्वाचनमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । उक्त स्थानीय तहमा उपनिर्वाचनका उम्मेदवारहरू आचारसंहिता विपरीत चुनाव प्रचारप्रसारमा संलग्न रहेको पाइएको छ ।

रोल्पा जिल्ला प्रतिनिधि तिलक घर्तिमगरका अनुसार निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारी दर्ता गराउन आग्रह गरेको थियो । सोही अनुरुप रोल्पाको रुन्टिगढी गाउँपालिका-४ मा वडाध्यक्ष पदको लागि हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नरेशजंग सिंहको मनोनयन दर्ता गरिएको छ । स्थानीय तह उपनिर्वाचन ०८१ मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुन्टिगढी गाउँपालिका-४, मसिनामा ६ ओटा दलको वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिएको हो । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्य मन्त्री जोख बहादुर महरा, प्रदेश स्तरका नेता तथा जिल्ला स्तरका नेता कार्यकर्ता लगायतले र्‍याली र बाजागाजा सहित उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पहल बहादुर वलीले उम्मेदवारी दर्ता गराउनु भएको छ । मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीको तर्फबाट पूर्ण बहादुर बुढाले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै नेकपा एमालेको तर्फबाट बेगम पुनले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य इश्वरी घर्तिमगर, नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा संविधान सभा सदस्य गोकुल घर्ती लगायत,प्रदेश स्तर,जिल्ला स्तरका नेता तथा कार्यकर्ताले र्‍याली र गाजाबाजा सहित उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हिम बहादुर पुनको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसको तर्फबाट भुपमणी पुन मगरले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द राज पोख्रेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधा घले, प्रदेश स्तरका नेता, जिल्ला स्तरका नेता कार्यकर्ता लगायतले विशाल र्‍याली सहित मनोनयन दर्ता गरेका निर्वाचन आयोग स्थानीय तह उपनिर्वाचन ०८१ मुख्य निर्वाचन कार्यालयका निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश बिनोद खतिवडाले जानकारी दिनुभयो । रुन्टिगढी गाउँपालिका-४ का वडा अध्यक्ष टंक बहादुर पुनको स्क्रब टाइफसका कारण ०८० असार २७ गते अस्पतालमा निधन भएको थियो । पुन नेपाली कांग्रेसबाट ०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष थिए ।

Photo19112024Rolpa

Photo19112024Rolpa1

Photo19112024Rolpa2

Photo19112024Rolpa4

Photo19112024Rolpa5

Photo19112024Rolpa6

Photo19112024Rolpa8

Photo19112024Rolpa9

Photo19112024Rolpa11

Photo19112024Rolpa15

Photo19112024Rolpa17

Photo19112024Rolpa19

गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि शान्तिपूर्ण रूपमा आठ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कृषिराम घिमिरेका अनुसार नेकपा एमालेको तर्फबाट दल बहादुर थापा, कांग्रेसबाट आनन्द श्रेष्ट, माओवादी केन्द्रका दुर्गा बहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट इश्वरी खातीले मनोनयन गर्दा गर्नुभएको छ ।

त्यस्तै स्वतन्त्र उमेदवारको रुपमा योगेन्द्र खरेल, पुमानन्द खरेल र कुल बहादुर थापाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत घिमिरेले बताउनु भयो । आ-आफ्नै पार्टी कार्यालयबाट निस्किएका दलहरूले र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका थिए । तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्यु भएपछि मुसिकोट नगरपालिका–१ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा मतदाता सङ्ख्या वृद्धि भएको छ । ०७९ सालको तुलनामा झण्डै तीन सय मतदाता अहिले थपिएका छन् । निर्वाचन कार्यालय गुल्मीका अनुसार ०७९ सालको निर्वाचनमा कुल मतदाता सङ्ख्या ३ हजार ८ सय ८ रहेका थिए । अहिले सार्वजनिक मतदाताको अन्तिम नामवली अनुसार ४ हजार ९१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका गुल्मीले जनाएको छ ।

मुसिकोट नगरपालिका–१ मा तीन मतदान स्थल र पाँच मतदान केन्द्र रहेका छन् । अहिलेको अन्तिम मतदाता नामवली अनुसार जनज्योति मावि, अरेबा मतदान केन्द्रमा एउटा मात्र मतदान केन्द्र रहेको छ । सो केन्द्रमा केन्द्रमा ८ सय ९४ मतदाता रहेका छन् । गत निर्वाचनमा ८ सय ३ मतदाता रहेका थिए । त्यस्तै सरस्वती मावि मतदान स्थलको दुई मतदान केन्द्रमा १ हजार २ सय ९७ मतदाता कामय भएका छन् । सो केन्द्रमा गत निर्वाचनमा १ हजार २ सय ४२ मतदाता रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी हर्क बहादुर श्रीसले जानकारी दिनुभयो । नेपाल राष्ट्रिय सर्बोदय मावि मतदान स्थलको दुई केन्द्रमा १ हजार ९ सय ४५ मतदाता कायम भएका छन् । गत निर्वाचनमा १ हजार ७ सय ४३ मतदाता रहेका थिए । यो केन्द्रमा सबैभन्दा धेरै २ सय २ जना बढी मतदाता थपिएका छन् ।

Photo19112024Gulmi

Photo19112024Gulmi1

Photo19112024Gulmi2

Photo19112024Gulmi3

Photo19112024Gulmi4

Photo19112024Gulmi5

Photo19112024Gulmi6

Photo19112024Gulmi7

बर्दिया जिल्ला प्रतिनिधि प्रकाश पौडेलका अनुसार स्थानीय तह उपनिर्वाचन ०८१ का लागि मनोनयन दर्ता गराउने क्रममा प्रमुख राजनीति दल तथा दलका उम्मेदवारहरूबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । ठाकुरबाबा नगरपालिका-४ मा वडा अध्यक्ष पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मङ्सिर २ गते गराएको मनोनयन दर्ताका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको इन्सेक अनुगमनका क्रममा पाइएको हो ।

नेपाल सरकारले ०७९ भदौ १३ गते प्रकाशन गरेको राजपत्रको भाग ५ मा निर्वाचन आचारसंहिता ०७९ बमोजिम स्थानीय तह उपनिर्वाचन ०८१ निर्वाचनका लागि मनोनयन दर्ताका क्रममा आचारसंहिता विपरीतका गतिविधि भएको इन्सेकले अनुगमनका क्रममा पाइएको छ । मनोनयन दर्ताका क्रममा निर्वाचन आचारसंहिता दफा १३ मा व्यवस्था गरिएको जुलुस र दफा १४ मा व्यवस्था गरिएको सवारी साधनको प्रयोग सम्बन्धी आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । उम्मेदवारी दर्ता गर्ने क्रममा ६ जना उम्मेदारवाले नै आचारसंहिता उल्लङ्घन गरेको छन् ।

Photo19112024Bardiya

Photo19112024Bardiya1

Photo19112024Bardiya2

Photo19112024Bardiya3

Photo19112024Bardiya4

Photo19112024Bardiya5

Photo19112024Bardiya6

Photo19112024Bardiya7


इन्सेक लुम्बिनी प्रदेश कार्यालय