उपनिर्वाचन ०८१- इलाम २ उपनिर्वाचनका लागि तोकियो निर्वाचन अधिकृत
इलाम निर्वाचन क्षेत्र न.२ मा ०८१ वैशाख १५ गतेका हुने चुनावका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकेको छ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि ०८० चैत २० गते जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो ।
इलाम सदरमुकाममा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि मात्र मतदाता नामावली टुङ्ग्याइने छ । उपनिर्वाचन कार्यतालिका अनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचनका लागि आयोगमा लागि २० दल दर्ता भएका छन् ।
निर्वाचन नजिकिंदै गर्दा निर्वाचनका लागि आवश्यक सामग्री केन्द्रबाट चैत २३ सम्ममा आइपुग्ने जिल्लास्थित निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले बताउनु भयो । बाँकी सामग्री खरिदको प्रक्रिया पनि अघि बढाइएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ ।
इलाम निर्वाचन क्षेत्र न. २ मा ७९ ओटा मतदानस्थल र १ सय ४९ ओटा मतदान केन्द्र तोकिएको छ । यी केन्द्रमा खटिने ८ सय ९४ जना कर्मचारीको विवरण सङ्कलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न वितरणको कार्यक्रम छ । चैत २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । चैत २८ देखि वैशाख १२ सम्म प्रचारको अवधि राखिएको छ । ०८१ वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।
मनोज अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…