उपनिर्वाचन ०८१– इलाममा निर्वाचन आचारसंहिता विपरीत ‘नो भोट’ को आमसभा, पानीका बोतलमा चुनावी प्रचार

  २०८१ वैशाख ७

इलाम निर्वाचन क्षेत्र न.२ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आचारसंहिता, २०७९ विपरित गतिविधि बढेर गएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

उम्मेदवारहरूले पानीका बोतलमा निर्वाचन प्रचार सामग्री टाँसेर निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेको इन्सेक अनुगमनका क्रममा पाइएको हो ।

इलाम निर्वाचन क्षेत्र न.२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचन लक्षित गरेर वैशाख ६ गते सदरमुकामको चोकबजारमा ‘नो भोट’ भन्दै सयौंको भिडमा निर्वाचन आचारसंहिता विपरितको कार्यक्रम गरिएको छ ।

निर्वाचन आचारसंहिता-२०७९ को परिच्छेद २ दफा ४ (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ ।

अभियानमा सहभागी हुन झापातिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आएका थिए । र, उनीहरूले भारतीय नम्बरका सवारी साधन प्रयोगमा ल्याएको इन्सेक निर्वाचन आचारसंहिता अनुगमनका क्रममा पाइएको छ ।

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानको ब्यानरमा ‘नो भोट’ को सभा वैशाख ६ गते आयोजना गरिएको थियो । सभामा प्रसाईं आफैं सहभागी भए भने उनको स्वागतका लागि ‘पञ्चकन्या’ का नाममा बालबालिका प्रयोग गरिएको अनुगमनका क्रममा पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी वासुदेव खतिवडाले निर्वाचनविरोधी क्रियाकलापलाई कडाई गरिएको बताउनु भयो । तर, चोकबजारमा सयौँ सुरक्षाकर्मीको घेरामा चलाइएको नो भोटको कार्यक्रमको इन्सेकले अनुगमन गरेको छ ।

पानीका बोतलमा निर्वाचन प्रचार सामग्री

नो भोटको कार्यक्रममा स्वतन्त्र उम्मेदवार अर्जुनबहादुर शाहीले काठमाण्डौँ महानगरपालिकाका मेयर वालेन्द्र साहको फोटो अङ्कित गरी आफ्नो निर्वाचन चिन्ह डोजरको प्रचार गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने जो कोहीलाई कारबाही गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Photo 20240418 23 (1)

Photo 20240418 23 (1)

Photo 20240418 23 (2)

Photo 20240418 23 (3)

Photo 20240418 23 (4)

Photo 20240418 23 (5) Photo 20240418 Ilam2 (1)

Photo 20240418 Ilam2 (2)

Photo 20240418 Ilam2 (3)


मनोज अधिकारी