उपनिर्वाचन ०८१– आचारसंहिता विपरित मोटरसाइकल र्याली
इलाम निर्वाचन क्षेत्र न.२ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका उम्मेदवारले मौन अवधि सुरूआत हुनु पूर्व सन्ध्यामा निर्वाचन आचारसंहिता विपरित मोटरसाइकल र्याली निकालेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।
उपनिर्वाचनका लागि पहिचान पक्षधरका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्रसारका लागि चुलाचुली गाउँपालिकामा ०८१ वैशाख ११ गते मोटरसाइकल र्याली निकालिएको इन्सेक अनुगमनका क्रममा पाइएको हो ।
निर्वाचन आचारसंहिता, २०७९ विपरित मुढा चुनाव चिन्हको प्रचारका साथै भोट माग्न र्यालीको आयोजना गरिएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद ४ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत दफा १३ को १ (द) मा कुनै किसिमको भित्ते लेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाईकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरि र्याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने उल्लेख छ ।
तर, सयौँको सङ्ख्यामा उपस्थित भएर गरिएको र्याली चुलाचुली गाउँपालिका-१ कमलदेखि १, २, ४, ५ हुँदै ६ नम्बर वडाको तोरीबारी (मधुमल्ला उत्तर) पुगेर कोणसभा गरिएको इन्सेक अनुगमनका क्रममा पाइएको छ । तोरीबारीमा भएको कोणसभामा कार्यक्रम संयोजक विक्रम लिम्बूले सम्बोधन गर्नु भएको छ । माङ्सेबुङ्ग गाउँपालिका-६, चिसोपानी पञ्चमी बजारमा चुनावीसभा गरिएको छ ।
चुनावी सभाको प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले उपनिर्वाचनमा इलाम जाग्नुपर्ने भन्दै मुढामा भोट लगाएर डकेन्द्रसिंह थेगिमलाई जिताउन आव्हान गर्नु भएको छ ।
मनोज अधिकारी
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…