उपनिर्वाचन स्थलमा होहल्ला गरि बाधाअवरोध गरेको आरोपमा पाँच जना गिरफ्तार
देवताल गाउँपालिका–७ पिपरपाती जब्दीको वडा कार्यालयमा रहेको मतदान केन्द्रमा होहल्ला गरि मतदान स्थलमा बाधा आवरोध गर्ने पाँचजना आरोपितलाई जिल्ला प्रहरी कार्यालयले वैशाख १० गते मतदान स्थलबाट गिरफ्तार गरेको छ ।
आरोपितहरूलाई गिरफ्तार गरि थप अनुसन्धान गरिरहेको एसपी होविन्द्र बोगटीले बताउनुभयो ।
रौतहट जिल्ला बौधीमाई नगरपालिका–४ का ४७ वर्षीय बृजकिशोरप्रसाद यादव, जिल्ला रौतहट बृन्दावन नगरपालिका–१ का ४२ वर्षीय दयाराम राउत, बृन्दावन नगरपालिका–४ का २५ वर्षीय उमेशकुमार यादव, जिल्ला बारा प्रसौनि गाउँपालिका–४ का ३८ वर्षीय मङ्गलप्रसाद साह, देवताल गाउँपालिका–७ पिपरपाती जब्दीका ६२ वर्षीय रामसागर यावदलाई गिरफ्तार गरेको एसपी बोगटीले बताउनुभयो ।
दिउसो ३ः३० बजेसम्म पचास प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताउनुभयो । उहाँले मतदान स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभयो । उहाँले अशक्त, अपाङ्गता भएका मतदातालाई लाइनमा बस्न नपर्ने व्यस्था मिलाइएको बताउनुभयो ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…