उपचार खर्च तिर्न नसक्दा दुई दिनसम्म शव अस्पतालमा
वीरगंज महानगरपालिका–१४ श्रीपुरका उमेश प्रसाद साह कानुको मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लाग्दा उपचारको लागि एल.एन.न्युरो एण्ड जेनरल हस्पिटल लगीएको थियो । उपचार खर्च तिर्न नसक्दा शव दुई दिनसम्म अस्पतालले दिएनन् ।
वीरगन्जको पावर हाउसदेखि सुक्खा बन्दरगाह जाने हुलाकी सडकमा पर्ने सिर्सिया खोलाको पुल नजिकै २०८० असार ३ गते मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो । अस्पतालले उमेशलाई भदौ २९ गते राती २ बजे मृत घोषण गरे पनि शवलाई भदौ ३१ गते ३ बजेसम्म पनि परिवारको जिम्मा नलगाइएको मृतकका आफ्न्तहरूले गुनासो गरेका थिए ।
मृतकका आफन्तहरू भदौ ३१ गते अस्पतालमा शव लिन पुग्दा अस्पतालले उपचार खर्च र औषधी खर्च नदिएसम्म शव नदिने भने पछि केही बेर अस्पतालमा तनाव सृजना हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो इलाका प्रहरी कार्यालय प्रसौनीका इन्सपेक्टर दिपक बोहोराले बताउनु भयो ।
एल.एन.न्युरो एण्ड जेनरल हस्पिटलका निर्देशक राम प्रवेश प्रसाद कुर्मीले “मृतकको औषधी खर्च तीन लाख र १२ लाख उपचार खर्च गरी १५ लाख रुपियाँ बाँकी रहेको रकम पटक पटक माग्दा पनि नतिरेकाले शव रोक्नु परेको” बताउनु भयो ।
एमालेका जिल्ला सचिव सुन्दर प्रसाद कुर्मी, एल.एन.न्युरो एण्ड जेनरल हस्पिटल व्यवस्थापन समिति, परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री, मृतकका परिवार, अस्पताल प्रशासन, मोटरसाइकलले ठक्कर दिने व्यत्ति र इलाका प्रहरी कार्यालय प्रसौनीको उपस्थितिमा असोज १ गते बैठक बसी औषधी खर्च २ लाख ८५ हजार रुपियाँ र उपचार खर्च १२ लाख रुपियाँ गरी जम्मा १४ लाख ८५ हजार रुपियाँ मध्ये मृतकका परिवारले तत्काल ९० हजार रुपियाँ अस्पताललाई बुझाइ बाँकी रकम पछि तिर्ने गरी तीन पक्षबीच सम्झौता भएको इलाका प्रहरी कार्यालय प्रसौनीका इन्सपेक्टर दिपक बोहोराले बताउनु भयो । साथै सहमती पश्चात सोही दिन शव दुई बजे मृतक परिवारलाई जिम्मा लगाइ पोस्ट मार्टमको लागि प्रदेशिक अस्पताल कलैया पठाइएको इन्सपेक्टर बोहोराले बताउनु भयो ।
धिरेन्द्र प्रसाद बरै
सम्बन्धित समाचारहरू
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…