उपचार खर्चको अभावमा छन् द्वन्द्व पीडित परिवार

शसस्त्र द्वन्द्व पीडितका परिवारमा उपचार खर्चको अभाव हुँदा समस्या भएको छ । साविक धैबुङ गाविस-४ हाल कालिका गाउँपालिका-३, धारापानीका २१ वर्षीय गणेश मगर ‘सविन’ लाई ०६२ कात्तिक २२ गते साविक भोर्ले गाविस-१ हाल कालिका गाउँपालिका-५ को जिवजिवे बजारमा खाजा खाइरहेको बेला कालिकास्थान ब्यारेकबाट गएको सैनिक टोलीले गिरफ्तार गरी गोली प्रहार गरी हत्या गरेको थियो ।

परिवर्तनको लागि निस्केको आफ्नो एक छोरालाई सेनाले समातेर हत्या गरेको कृष्ण बहादुरकी पत्नी बेलकुमारी सारु मगरले बताउनु भयो । कृष्ण बहादुर सारुमगर अहिले प्यारालाइसिस तथा ब्रेनहेमेरेज जस्ता समस्याले ओछ्यानमा थलिएका छन् ।

दश वर्षे शसस्त्र द्वन्द्वमा हिँडेका छोरालाई हत्या गरेपछि चिन्ताले रोग लागेको र पतिको अवस्था जटिल भए पनि उपचार खर्च समेत जुटाउन नसकेको बेलकुमारीले बताउनु भयो । 'परिवारको कुनै आय स्रोत छैन, छोराको पीरले बाँच्न समेत कठिन भएको छ', उहाँले भन्नुभयो ।

बिरामीको उपचार, नियमित औषधि सेवन तथा बिरामीको हेरचाह गर्न कठिन भएको उहाँले बताउनु भयो । दुई छोरा र एक छोरी रहेको परिवारमा अहिले नियमित कृष्णबहादुरको दम्पत्ती मात्र छन् । घरखेतीको आम्दानीले खानै पुग्दैन पाखो बारी मात्र छ त्यसमा पनि खेती लगाउन सक्ने मान्छे छैनन् । 'कान्छो छोरालाई सेनाले मार्‍यो, अरु कामको खोजीमा अन्यत्र गए । घरमा हामी बुढाबुढी मात्र छौँ', उहाँले भन्नुभयो ।

Photo_080-7-11_Rasuwa


हेमनाथ खतिवडा