उपचारमा लापरवाही गरेको आरोपमा स्वास्थ्यकर्मी गिरफ्तार
छेडागाड नपा–१० की ३८ वर्षीया पञ्चकला नाथ योगीको उपचारका क्रममा स्वास्थ्यकर्मीको लापरवाहीबाट मृत्यु भएको भन्दै स्थानीयबासी र आफन्तले कारबाहीको माग गरेपछि घटनाका आरोपित सोही नपा–५ थलहबजारस्थित जयलक्ष्मी मेडिकल फर्मका सञ्चालक तिलकबहादुर बोहोरालाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ ।
ज्वरो आउने गरेपछि उपचारका लागि जयलक्ष्मी मेडिकल फर्म गएकी योगीको उपचारका क्रममा भदौ २८ गते मृत्यु भएको थियो । नाथको मृत्युपछि आक्रोशित स्थानीय र आफन्तले मेडिकल सञ्चालक तिलकबहादुर बोहोरालाई कारबाही र क्षतिपूर्तिको माग गर्दे प्रदर्शन गरेका थिए । घटनापछि प्रहरीले मेडिकलका सञ्चालक बोहोरालाई गिरफ्तार गरेको हो ।
उपचारमा लापारवाही भएपछि आमाको ज्यान गएको मृतकका जेठा छोरा किशोर नाथले आरोप लगाए । ‘आमालाई ज्वरो आएको र सामान्य छाति दुख्ने समस्या भएपछि भदौ २८ गते थलहबजारमा रहेको मेडिकल लग्यौँ । मेडिकल सञ्चालक बोहोराले चेकजाँच गरेपछि तीनवटा सुई लगाइदिए ।’–उनले भने–‘औषधि खान दिए । उनले अब घरमा लैजानुहोस ठिक हुन्छ भनेपछि घर लैजाने क्रममा बाटोमा आमाको मृत्यु भयो । गलत औषधिको प्रयोगले आमाको ज्यान गयो । निको होला भनेर स्वास्थ्य संस्था लग्यौँ । तर, गलत औषधि दिएर ज्यानै लिएपछि लापरवाही नभनेर के भन्ने ?’
शव पोष्टमार्टमका लागि जाजरकोट अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकबहादुर बिष्टले बताए । घटनाका विषयमा अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।
सुर्खेतस्थित जयलक्ष्मी मेडिकल फर्मको नामबाट बोहोराले मेडिकल सञ्चालन गर्दै आएका थिए । मेडिकल सञ्चालनका लागि फार्मेसी पढेर मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिनुपर्ने प्रावधान छ तर उनले अर्कोको नामबाट ०५४ सालदेखि मेडिकल सञ्चालन गर्दै आएका थिए ।
मेडिकल सञ्चालक बोहोरालाई आवश्यक अनुसन्धानका लागि गिरफ्तार गरेर जिल्ला सदरमुकाम ल्याउन निर्देशन दिइएको इन्स्पेक्टर बिष्टको भनाई छ ।
केही दिनअघि मात्र स्थानीय प्रशासनले अनुगमन गर्दा बोहोराले अवैध रूपमा मेडिकल सञ्चालन गरेको पाइएको थियो । बोहोराले प्रशासनसँग मेडिकल नचलाई बन्द गर्ने सहमति गरेका थिए ।
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा–३ का नौ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको आरोपमा १० वर्षीय दाजु र ६२ वर्षीय हजुरबुबा भुविन्द्र खत्रीलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार…
१५ शैया अस्पताल अलपत्रः निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सञ्चालन विहिन अवस्था !
जिल्लाका स्थानीय तह स्तरमा निर्माण भएका १५ शैयाका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बित्दा पनि अस्पताल सञ्चालन विहिन अवस्था देख्दा स्थानीयहरू निरास हुँदै…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा सहिद नगर नगरपालिका-१ का २२ वर्षीय धिरेन्द्र मण्डल विरुद्ध ०८१ माघ २४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय, यदुकुहामा उजुरी दिनुभएको छ । पीडित…
यौन दुर्व्यवहार कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद…
बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४२ वर्षीय बुबालाई ०८१ माघ २४ गते जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश शम्भु रेग्मिको इजलासले…