उपचारमा लापरबाही गरेको आरोपमा जिल्ला अस्पतालमा तोडफोड, अस्पतालद्वारा आकस्मिक बाहेकका सेवा बन्द
फालेलुङ गाँउपालिका–८ की तीन वर्षीया बालिका क्रिष्टिना थाम्सुहाङको उपचारमा लापरबाही गरेका कारण असोज २० गते मृत्यु भएको आरोपमा पीडित पक्षले जिल्ला अस्पताल तोडफोड गरेको छ ।
अस्पताल तोडफोड गरिएपछि अस्पताल प्रशासनले असोज २१ गते विज्ञप्ति जारी गर्दै अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै प्रकारका सेवा बन्द गरेको छ ।
चिकित्सकले उपचारमा लापरबाही गरेका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित पक्षले असोज २० गते अस्पतालको कोभिड विशेष कक्ष, आकस्मिक कक्ष, अस्पतालको मुल ढोका र झ्याल तोडफोड गरेका कारण सुरक्षा चुनौती बढेपछि आकस्मिक बाहेकका सेवा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले बताउनु भयो ।
अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेर घटनाको विरोध गरेपछि असोज २१ गते घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालसहित सुरक्षा निकायका प्रमुख, अस्पताल व्यवस्थापन समिति नागरिक समाज र राजनीतिक दलसँगै मृतकका आफन्तहरूको उपस्थितिमा भएको छलफलमा छानबिन समिति गठन गरिएको मृतक बालिकाका बाबु कमल थाम्सुहाङले बताउनु भयो ।
समिति गठनपश्चात अन्त्येष्टि गर्न ४० हजार रुपियाँ उपलब्ध गराउन स्थानीय प्रशासन सहमत भएपछि शवको जिल्ला अस्पतालमा गरिएको मृतकका बाबु कमल थाम्सुहाङले बताउनु भयो ।
घटनाका छानबिनका लागि नेपाल रेडक्रस सोसाइटीका सभापति कृष्णप्रसाद बास्कोटा संयोजकत्वमा समिति गठन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
समितिको सदस्य सचिवमा पाँचथर अस्पतालका मेडिकल रेर्कड अधिकृत नारायण जोशी, मृतकका बाबु कमल थाम्सुहाङ, आफन्त होमराज थाम्सुहाङ र पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल सदस्य छन् ।
समितिले एक साताभित्र छानबिन प्रतिवेदन तयार पार्ने समयसीमा तोकिएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताउनु भएको छ ।
ज्वरो आएपछि असोज १८ गते जिल्ला अस्पताल भर्ना गरिएकी बालिकालाई असोज २० गते बिहान चिकित्सकले सुई लगाइ दिएलगत्तै निधन भएको बाबु कमल थाम्सुहाङले बताउनु भयो ।
पोष्टमार्टम रिपोर्टमा सुईको नकारात्मक असरका कारण मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी नारायण जोशीले बताउनु भयो ।
पीडित पक्षले असोज २१ गते शव बुझि फालेलुङ गाउँपालिका–८ मा सद्गत गरेको छ ।
असोज २० गते अस्पताल तोडफोडमा उत्रिएको समूहलाई नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीका ६ जना र सशस्त्र प्रहरीका दुई जना गरी आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तोडफोडमा उत्रिएको समूहलाई नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीका असई ४७ वर्षीय रुपेश राई, जवान २५ वर्षीय पूर्ण राई, हवल्दार ३३ वर्षीय सुवास जोशी, जवान २२ वर्षीय हुमिहाङ राई, जवान २२ वर्षीय सविन राई र जवान २४ वर्षीय पिण्टुकुमार मण्डल घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । असई हवल्दारबाहेक अन्य उपचार जिल्ला अस्पतालमा भएको छ ।
सशस्त्र प्रहरीका ३४ वर्षीय जवान जीवन योक्ताङदेन र २५ वर्षीय जवान चेतन राउत घाइते भएको प्रहरीले जनाएको छ ।
सहमान विश्वकर्मा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…