उपचारमा लापरबाही गरेको आरोपमा चिकित्सकमाथि कुटपिट
मोरङ जहदा गाउँपालिका–३ भाथिगछकी २६ वर्षीया उमा मुखियाको १८ दिने छोरीलाई उपचारका क्रममा कोशी अस्पतालका चिकित्सक डाक्टर आकाश यादवले जीवित शिशुलाई माघ ४ गते मृत घोषणा गरी दिएपछि चिकित्सकमाथि कुटपिट भएको छ ।
जीवित शिशुलाई मृतक घोषणा गरेको भन्दै आक्रोशित भीडले माघ ४ गते डाक्टर यादवलाई कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
पुस १७ गते उमा मुखियाले कोशी अस्पतालमै छोरीलाई जन्म दिनु भएको थियो । माघ ४ गते छोरीमा श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि कोशी अस्पतालमा भर्ना गर्दा डाक्टर आकाश यादव र उहाँका सहयोगी लक्ष्मण माझी र टिका भण्डारीले शिशुको स्वास्थ्य राम्रोसँग जाँचपड्ताल नगरी मृत घोषणा गरी दिएपछि अस्पतालमा तनाव उत्पन्न भएको शिशुका ३० वर्षीय बाबु दीलिप मुखियाले बताउनु भयो ।
उमा मुखियाले पुस १७ गते नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिँदा शिशुको तौल एक किलो चार सय ग्राम रहेको थियो ।
अस्पतालबाट डिस्चार्ज भएपछि विराटनगर महानगरपालिका–८ मधुमारा स्थित माइतीमा बस्दै आएको अवस्थामा शिशुमा स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको बाबु दीलिपले बताउनु भयो ।
आकस्मिक कक्षमा भर्ना गरिएको अवस्थामा डाक्टर आकाश यादवले छोरीमा सास छैन भनेर पठाएपछि बाहिर निकाल्ने क्रममा छोरीले हातखुट्टा चलाएको देखेपछि अस्पतालले लापरबाही गरेको शिशुका बाबु दीलिप मुखियाको भनाइ छ ।
कोशी अस्पतालले फिर्ता पठाएपछि शिशुको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
शिशुका आफन्तले अस्पतालको लापरबाही भन्दै नारावाजीसहित चिकित्सक यादवमाथि आक्रमण गर्दा टाउकोमा चोट लागेको छ ।

चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका–३ का मनोज मुखिया, मन्नु मुखिया र अर्का एक जना नाम नखुलेका व्यक्तिलाई गिरफ्तार गरेको शिशुका बाबु दीलिप मुखियाले बताउनु भयो ।
शिशुका बाबु दीलिप मुखियाले माघ ५ गते अस्पताल प्रशासनसँग मिलापत्र गरिएको बताउनु भयो ।
घटनाका विषयमा अनुसन्धानका लागि तीन जनालाई केही समय नियन्त्रणमा लिएको र उनीहरूलाई छाडिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।
कोशी अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले घटना छानविनका लागि तीन सदस्यीय छानविन समिति गठन गरिएको बताउनु भएको छ ।
छानविन समितिले प्रतिवेदन सार्वजनिक नगरेसम्मका लागि माघ ५ गतेदेखि डाक्टर आकाश यादव, अहेब लक्ष्मण माझी र टिका भण्डारीलाई काममा रोक लगाइएको सूचना अधिकारी नेपालले बताउनु भयो ।
उपचारका क्रममा जीवित शिशुलाई मृतक घोषणा गरेको विषयमा अस्पतालका मेडिकल सुपरिडेन्डेण्ट डाक्टर लक्ष्मीनारायण यादवसँग प्रतिक्रिया माग्दा विराटनगर महानगरपालिका–६ का ३० वर्षीय पत्रकार सोनुकुमार दासमाथि मेसुले दुर्व्यवहार गरेको पीडित पत्रकारले आरोप लगाउनु भएको छ ।
इन्सेककर्मीसँग फोन सम्पर्कमा पीडित पत्रकार दासले भन्नुभयो–मैले मेसुसँग घटनाका विषयमा आधिकारिक धारणा माग्दा उहाँले लाइभ न्यूज रफ्तारका क्यामरा पर्सन विराटनगर महानगरपालिका–६ की २० वर्षीया मर्जिना खातुन, मकालु टेलिभिजन र मैथिली अनलाइनका प्रकाशक विराटनगर महानगरपालिका–२ का ५० वर्षीय पत्रकार नविन चन्द्र कर्णलाई दुर्व्यवहार र मेरो हात बटारिदिनु भयो ।
इन्सेककर्मीसँगको फोनमा पत्रकार कर्णले सूचना माग्दा मेसुले दुर्व्यवहार गरेको बताउनु भयो । उहाँले दोषीलाई कारबाही गर्न माग गर्दै माघ ४ गते पत्रकार महासङ्घ मोरङ शाखालाई मौखिक जानकारी गराएको बताउनु भयो ।
मैथिल सञ्चारकर्मी सङ्घ र नेपाल प्रेस युनियनले माघ ४ गते विज्ञप्ति जारी गरी पत्रकारमाथि भएको दुर्व्यवहारको विरोध गरेको छ ।
विज्ञप्तिमा घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…