उपचारका क्रममा बालकको मृत्युपछि जिल्ला अस्पतालमा तोडफोड
सोलुदूधकुण्ड नगरपालिका–४ सुर्केका तीन वर्षीय ङिमानुरू शेर्पाको उपचारका क्रममा जिल्ला अस्पतालमा फाप्लुमा वैशाख ३० गते मृत्यु भएपछि पीडित पक्षले अस्पताल तोडफोड गरेको छ ।
झाडावान्ताका बिरामी बालकलाई वैशाख ३० गते बिहान ७ बजे अस्पताल ल्याए पनि चिकित्सकले बिहान ११ बजेपछि मात्र उपचार गर्दा बालकको मृत्यु भएको पीडित पक्षको आरोप छ ।
समयमा बालकले उपचार नपाएका कारण मृत्यु भएको भन्दै अस्पतालको आकस्मिक कक्ष तोडफोग गर्ने पीडित बालकका काकालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ऋषिराज ढकालले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
झाडावान्ताका बिरामी बालकलाई वैशाख २८ गते अस्पताल ल्याएको तर चिकित्सकले सामान्य उपचार गरी घर पठाएको पीडित बालकका बाबु दावा गेलु शेर्पाले बताउनु भयो ।
उपचारपछि बालकको अवस्था बिग्रिदै गएपछि पुन वैशाख ३० गते अस्पताल ल्याएको बाबु दावा गेलु शेर्पाले बताउनु भयो ।
बालकलाई प्रशस्त पानी पिलाउँनुको सट्टा फलफूल र फ्रुटी खान दिएर अवस्था जटिल भएपछि अस्पताल ल्याउँदा उपचार प्रभावकारी नभएको जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख सानी शेर्पाले बताउनु भयो ।
तोडफोडबाट आकस्मिक कक्षसहित अन्य उपचार सामाग्रीमा क्षति पुगेपनि यकिन विवरण प्राप्त नभएको अस्पताल प्रशासनले जनाएको छ ।
पीडित पक्षले बालकको शव नबुझेपछि अस्पतालमै राखिएको छ ।
भोजराज कार्की
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…