उपकरणको अभावमा जिल्ला अस्पतालबाट डायलसिस सेवा पाउनबाट वञ्चीत
उपकरणको अभावमा मध्यविन्दु जिल्ला अस्पतालमा सुरूवात भएको डायलसिस सेवा बिस्तारमा कठिनाई भएको छ । मिर्गौला रोगीका लागि अस्पतालले ०७९ मङ्सिर १३ गतेबाट निःशुल्क डायलसिस सेवा सुरू गरेको थियो ।
अस्पतालमा हाल चार वटा डायलसिस गर्ने उपकरण रहेको छ । जस मध्ये एक वटा उपकरण रिजर्भमा राखेर तिन वटा मात्रै उपकरण सञ्चालनमा रहेर हाल नौ जनाले नियमित डायलसिस सेवा प्राप्त गर्नुं भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कण्डेलले बताउनु भयो ।
मिर्गौला रोगीले हप्तामा कम्तीमा दुई पटक डायलसिस गर्नुपर्ने हुन्छ । हाल अस्पतालले नौँ जनालाई प्रदान गरेको सेवा आन्तरिक श्रोतबाट भरपाई भइरहेको र डायलसिस सेवा सुचिकरण नहुदाँ उक्त खर्चको सरकारबाट भरपाई हुन नसकेको उहाँले बताउनुभयो ।
डायलसिस सेवा सुचिकरणको लागि पनि पाँच वटा डायलसिस उपकरण आवश्यक पर्छ । तर, थप एक वटा उपकरण खरिदको लागि स्रोत सुनिश्चितता नहुदाँ अस्पताल सुचिकरण समेत हुन नसक्ने अवस्थामा रहेको कण्डेलले बताउनुभयो । हालको अवस्थामा सेवालाई दुई सिफ्टमा सञ्चालन गरेर १८ जना सम्मको डायलसिस गर्न सकिने भएपनि जनशक्ति र खर्चको व्यवस्थापन नहुदाँ हाल कै अवस्थामा त्यो समेत सम्भव नभएको उहाँले बताउनुभयो ।
अस्पतालमा डायलसिस सेवाका लागि हाल सम्म थप ८० जना मिर्गौला रोगीले नाम लेखाएको कण्डेलले बताउनुभयो । तर, उपकरण र जनशक्तिको अभावमा थप बिरामीहरूलाई सेवा प्रदान गर्न अस्पताल असमर्थ रहेको छ । जसको कारण सेवा लिन चितवन, काठमाण्डौं पुग्नुपर्ने बाध्यता मिर्गौला रोगीहरूको छ ।
अस्पतालमा पूर्वाधार र जनशक्ति व्यवस्थापनको लागि जिल्लाका स्थानीय तहहरू संग सहयोग मागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो –पूर्वाधार र जनशक्ति व्यवस्थापनको लागि स्थानीय तहसंग सहयोग मागेको र कावासोती नगरपालिकाले १५ लाख रुपैया बिनियोजन गरेको छ भने मध्यविन्दुमा पनि केही रकम छुट्टिएको जानकारी आएको उहाँले बताउनुभयो ।
जिल्लामा एक सय जनाको आसपास डायलसिस गर्नुपर्ने मिर्गौला रोगीहरू रहेको डा. जितेन्द्र कण्डेल बताउनुहुन्छ । अस्पतालमा कम्तीमा १० वटा उपकरण मार्फत दुई सिफ्टमा सेवा प्रदान गर्न सके सेवा प्रवाह प्रभावकारी र सेवाग्राहीको लागि समेत सहज हुने उहाँले बताउनुभयो । यसको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबाट आवश्यक स्रोतको सुनिश्चितता हुनुपर्ने उहाँले बताउनुभयो ।
तिर्थराज डुम्रे
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…