उद्योगीमाथि गोली प्रहार, आरोपित गिरफ्तार
सिर्द्धार्थनगर उद्योग वाणिज्य सङ्घ कार्यसमिति सदस्य तथा रवि सपिङ्ग सेण्टर र करण इन्टरपराइजेजका प्रोप्राइटर ३८ वर्षीय हरिश सेठियामाथि भारतीय नम्बर प्लेट भएको मोटर साइकलमा आएका अपरिचित व्यक्तिले गोली प्रहार गरेका छन् ।
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार युपी ५६ ई ४१४९ नं.को मोटरसाइकलमा आएका अपरिचित दुईजनाले फागुन २८ गते राति पौने ९ बजे सिर्द्धार्थनगर नपा-५ सेवापथमा रहेको सेठियाको घर नजिकै गोली प्रहार गरेका थिए ।
घटना स्थलबाट प्रहरीले कटुवा फेस्तोल त्यसमा लाग्ने ४ गोली र आरोपितले प्रयोग गरेको मोटरसाईकल बरामद गरेको छ ।
घटनापछि प्रहरीले चारैतिर सुरक्षा घेरा हालेको थियो । घटनापछि गोली हानेर भाग्दै गरेको आरोपमा भारतको नौतनहवा घर बताउने ४६ वर्षीय भारतीय नागरिक रामदान मुसलमानलाई स्थानीयको सहयोगमा सिर्द्धार्थनगर नपा-३ बाट मोटरसाइकल सहित गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । घटनाका आरोपित एक जना फरार रहेका छन् ।
इन्सेक विराटनगर कार्यालयका अनुसार आठ दिनदेखि बेपत्ता सुनचाँदी ब्यवसायी सङ्घ झापाका सदस्य साजन मुखियाको शव फागुन २८ गते बोराभित्र सड्न लागेको अवस्थामा फेला परेको छ ।
इलामको रोङ गाँउपालिका-३ कोल्बुङ (लसुने डाँडा)स्थित सडकबाट २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको झापा प्रहरीले जनाएको छ ।
विर्तामोडस्थित दावा ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक मुखिया फागुन २० गते पत्नी रवीनालाई बजार जाने भन्दै बाहिरिएका थिए ।
घरबाट हिडेको आठ दिनपछि पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णुबहादुर केसीले बताए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…