उद्योगबाट निष्कने फोहरको वैज्ञानिक व्यवस्थापन गर्न उच्च अदालतको आदेश
उच्च अदालत तुलसीपुरले उद्योगबाट निस्कने फोहरको वैज्ञानिक व्यवस्थापन गर्न माघ २१ गते घोराही सिमेण्ट उद्योगको नाममा आदेश जारी गरेको छ ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दिक्षित र न्यायाधीश माधवराज रेग्मीको संयुक्त इजलासले उद्योगबाट निस्कने फोहरको उचित व्यवस्थापन गर्न आदेश गरेको हो ।
घोराही उप–महानगरपालिका– ३ र ४ गोग्लीमा रहेको घोराही सिमेण्ट उद्योगले वातावरणीय मापदण्डको वेवास्ता गर्दै सिमेण्ट उत्पादन गर्दा जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) फियान नेपाल, खाद्य अधिकार सञ्जाल दाङ तथा प्रभावित क्षेत्रका वासिन्दाहरूले ०७७ चैत ५ गते मापदण्ड अनुसार सञ्चालनको माग गर्दै उच्च अदालत तुलसीपुरमा रिट दर्ता गरेका थिए ।
अदालतले रिटमाथिको अन्तिम सुनुवाइ गर्दै उद्योगबाट निस्कने सबै फोहर खोलामा नपठाउन र त्यसको वैज्ञानिक व्यवस्थापन गर्न आदेश गरेको उच्च अदालत तुलसीपुरका सूचना अधिकारी भुपाल भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीकाअनुसार उच्च अदालतले उद्योगबाट धुँवा, धुलोलगायतका प्रदूषण फैलिन नदिन मापदण्डभित्रै सञ्चालन गर्न पनि आदेश गरेको छ । त्यसका लागि उद्योगभित्र धुलो, धुँवाजस्ता प्रदूषणलाई मापदण्डभित्रै राख्न सोहीअनुसारका उपकरण राख्न उच्च अदालत तुलसीपुरले आदेश गरेको हो ।
नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, स्वच्छ वातावरणमा बस्न पाउने अधिकार, खाद्य अधिकार तथा सूचनाको अधिकारलगायत नेपालको संविधानले मौलिक हकमा व्यवस्था गरेका विषयहरूको सम्मान हुनेगरी आदेशको माग गरिएको थियो ।
इन्सेक जिल्ला सहजकर्ता विनोद केसी, स्थानीय पीडितद्वय भरतराज देवकोटा, गिरीराज सुवेदी, खाद्य अधिकार सञ्जालको तर्फबाट हुमा डिसी, फियान नेपालका सुरेशकुमार गौतम, सिसा नेपालको तर्फबाट साजिदा सिद्दिकीलगायतले उद्योगलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
जयनारायण पुन
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…