उदयपुरको कटारीमा तनाव कायमै, करारका कर्मचारीको गोजीमा स्वस्तिक भेटिएपछि इलाममा मत गणना रोकियो
उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुुसार कटारी नगरपालिका–१० को सोरुङछबिसेमा मतपत्र सिल गर्ने क्रममा प्रहरीले स्थानीयलाई गोली हानी हत्या गरेपछि सोरुङछबिसे अझै तनाबग्रस्त छ ।
मतपत्र सिल गर्ने क्रममा स्थानीयको भिड नियन्त्रण गर्ने क्रममा वैशाख ३० गते प्रहरीको गोली प्रहारबाट कटारी नगरपालिका– १० का १९ वर्षीय नवीन कटुवालको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार मतपेटिका सिल बन्दी गर्ने क्रममा नेकपा माओवादी केन्द्रका कार्यकताले मतपेटिका लुट्ने प्रयास गरेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको थियो ।
तर स्थानीयले भने सामान्य घटनामै प्रहरीले गोली चलाएको आरोप लगाउँदै आएका छन् । स्थानीय तथा वडा–१० कै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार क्षत्रबहादुर खड्काले मतपत्र सिल गर्ने क्रममा फर्जी मत पनि हालिएको हुनसक्ने अनुमानपछि विवाद भएको थियोे ।
भिडलाई नियन्त्रण गर्न लाठ्ठी चार्ज अथवा अश्रृ ग्याँस प्रयोग गर्न सकिन्थ्यो तर त्यसो नगरेर सिधै गोली हानेको स्थानीयको आरोप प्रहरीलाई छ ।
शव मतदान केन्द्रमै राखिएको छ भने घाइते १४ वर्षीय बालक मन श्रेष्ठलाई उपचारका लागि एम्बुलेन्सबाट राति काठमाडौं लगिएको छ ।
घटनास्थलबाट कटारी नगरपालिका झन्डै ४० किलोमिटरको दुरीमा पर्छ भने सदरमुकाम गाईघाटबाट करिब ९० किलोमिटरको दुरीमा पर्छ ।
गोली प्रहारबाट एक जनाको ज्यानपछि स्थानीयले मतदाता बक्स सङ्गलनमा रोक लगाऊँदै धर्ना दिएका छन् ।
जिल्लाबाट प्रमुख जिल्ला अधिकार वीरेन्द्रप्रसाद यादवको नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।
इलाम प्रतिनिधि वविता मैनालीका अनुसार इलामको देउमाइ नगरपालिकामा मत गणनाको क्रममा कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटिएपछि मतगणना रोकिएको छ ।
इलामको देउमाई नगरपालिकाका एक करारका कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटिएपछि मतगणना रोकिएको हो ।
नगरपालिकाका करारका एक जना कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटिएपछि मतगणनामा खटिएका कर्मचारीबिचमै विवाद भएको थियो ।
विवादपछि नेकपा एमालेले सेटिङ गरेको भन्दै गठबन्धमा रहेका दल नेपाली कांग्रेस, नेकपा समाजवादी र माओवादी केन्द्रले नाराबाजीसहित बिरोध गर्न थालेपछि मतगणना रोकिएको हो ।
विवादपछि निर्वाचन अधिकृत हरीबहादुर दाहाल र प्रहरी विरूद्ध नाराबाजी भइरहेको मतगणनास्थलमा रहनु भएका पत्रकार टिका खतिवडाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।
एक पक्षीय रूपमा मतगणना भएको गठबन्धन दलले आरोप लगाएका छन ।
जिल्ला प्रहरी कार्यालय इलामका एसपी महेन्द्रकुमार श्रेष्ठले बिवाद भए पछि मतगणना रोकेर मतपत्रको कडा सुरक्षा गरिएको बताउनु भएको छ ।
देउमाईमा नेकपाल एमालेका मेयर पदका उम्मेदवार सूर्य पोखरेल र गठबन्धनबाट कांग्रेसका होमदुलाल बिचमा प्रतिष्पर्धा छ ।
इन्सेक प्रदेश १, कार्यालय विराटनगर
सम्बन्धित समाचारहरू
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…
रोल्पा कारागारमा एक जना कैदीद्वारा झुण्डिएर आत्महत्या
रोल्पा कारागारमा अपराधिक लाभ मुद्दामा कैद भुक्तान गरी रहेका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयबिक्रम शाह जेठ ४ गते झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जेठ…