उत्तरी गोरखामा हिमपात, भूकम्प पीडितको बिजोग
उत्तरी गोरखामा पुस १६ गते साँझबाट हिमपात भएको छ । पुस १७ गते दिनभर हिउँ परिरहेको सामागाउँ-५ का मिङमार लामाले जानकारी दिए । आज साँझ सम्म एक इञ्च हिउँ जमिसकेको उनले बताए । 'आगो तापेर घर भित्रै बसेका छौँ ।'-उनले टेलिफोनमा भने । छेकम्पार गाविसमा पनि पुस १६ गते साँझदेखि हिमपात भएको छ ।
बारपाक र लाप्राक गाविसमा भने पुस १७ गते असिना पानी परेको छ । असिना पानी परेपछि टेण्ट र टहरोमा बसेका भूकम्प पीडितहरू समस्यामा परेका छन् । 'एक्कासी असिना पानी पर्यो । अहिले चिसो बढेको छ ।'-बारपाकका स्थानीय ओमबहादुर घलेले भने-'टहरो र टेण्टमाथि असिना जमेको छ, भूकम्प पछि बनाइएका टहरा र टेण्टमा असिना जमेपछि अहिले फाल्न थालेका छौँ ।'
चिसो बढेसँगै लाप्राकका स्थानीयहरू पुरानै बस्तीमा फर्किएका छन् । अहिले बस्दै आएको गुप्सीपाखामा एकीकृत बस्ती निर्माणको काम पनि सुरु भएको र गुप्सीपाखा उच्च ठाउँमा भएकाले पुरानै बस्तीमा फर्किएको स्थानीय राज गुरुङले जानकारी दिए ।
पहिलो किस्ताको रकम पाएपनि घर बनाउन रकम अभाव भएको भन्दै धेरैजसो भूकम्प पीडितहरूले घर निर्माण सुरु गरेका छैनन् । जाडो बढेसँगै टहरो र टेण्टमा बस्दै आएका भूकम्प पीडतको बिचल्ली भएको स्थानीयबासीले जनाएका छन् ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…