उजुरी लिएपछि सङ्क्रमणकालीन न्यायिक आयोग जिल्लामा नआउँदा द्वन्द्वपीडित निराश
सशस्त्र द्वन्द्वबाट पीडित भएका व्यक्तिहरूबाट उजुरी लिएका सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग जिल्लामा नआएपछि इलामका द्वन्द्व पीडितहरू निराश बनेका छन् ।
गत साउन २६ गतेसम्म उजुरी दिने अन्तिम मिति तोकेका दुवै आयोगका सदस्यहरूले इलामसम्म आएर दसैँ लगतै उजुरी माथि छानबिनको काम थालेर द्वन्द्व पीडितका घर-घरमा आउने आश्वासन दिएका थिए । तर, तिहार र छठ सकिँदासम्म आयोगहरूले आफूहरूलाई सम्पर्कसमेत नगरेको द्वन्द्व पीडितहरूले आरोप लगाएका छन् ।
'उजुरी दिनुपर्छ भनेर दिइयो । द्वन्द्व पीडित समाजले आयोजना गरेको त्यही पूर्वाञ्चलका द्वन्द्व पीडितको भेलामा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव महेश शर्मा पौड्याल र सत्य निरूपण तथा मेलमिलाप आयोगका सदस्य लिला उदासी खनालले दसैँ लगतै तपाईँहरूलाई भेट्न घर-घर आउँछौँ भनेर गएका थिए ।'-इलाम बरबोटेका द्वन्द्व पीडित तोयानाथ आचार्यले भने-'अहिले सम्म आयोगका मान्छे पनि आएका छैनन् । आयोगबाट थप केही जानकारी पनि आएको छैन ।'
उजुरी दिँदा आयोगले पीडितहरूका पक्षमा केही गर्छ भन्ने अपेक्षा भएपनि उनीहरूले पीडितलाई दिएको आश्वासन अनुसार काम नहुँदा आफूहरू निराश भएको आचार्यले बताए ।
दसैँ लगतै जिल्ला आउने आश्वासन दिएका आयोग पीडितको सम्पर्कमै नआएकाले शङ्का पैदा भएको द्वन्द्व पीडित समाज इलामका संयोजक दामोदर चापागाईंले बताए । 'आयोगले धेरै उजुरीहरू तामेलीमा राख्ने गरी काम गरिरहेको जानकारी आएको छ । तर, आयोगलाई आग्रह गर्दै हामी पीडितहरू एकजुट हुँदैछौं ।'-उनले भने-'हाम्रा उजुरीहरूलाई तामेलीमा नराखिदेउ । कम्तिमा एक पटक छानबिन गरिदेउ र पीडितलाई सत्य थाहा पाउने अवसर र न्याय देउ ।'
सत्य निरूपण तथा मेलमिलाप आयोगमा इलामबाट १ हजार १ सय ३६ ओटा उजुरी परेका थिए । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा २३ ओटा उजुरी परेका थिए । त्यसबेलाको उजुरी सङ्कलनको जिम्मा दिइएको शान्ति समितिका सचिव डिकेन्द्र इदिङ पनि आयोगको काम कारबाहीप्रति अनभिज्ञता प्रकट गर्छन् ।
उजुरी सङ्कलन पछि आयोगबाट कसरी काम गर्ने भन्ने केही आधिकारिक जानकारी नआएको शान्ति समिति सचिव डिकेन्द्र इदिङले बताए । उनले भने-'अस्ति एक पटक आयोगमा बुझदा मृत्यु भएका, अङ्गभङ्ग, विस्थापित जस्ता उजुरीको वर्गीकरण र कम्प्युटराइज हुँदै गरेको छ भन्ने जानकारी आएको थियो । त्यसबेला पनि दसैँ लगतै जिल्ला आउने कुरा थियो अहिलेसम्म थप जानकारी केही आएको छैन ।'
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…