उजुरीकर्तालाई बेपत्ता आयोगले भन्यो-'अन्तिम प्रमाण पेश गर'
सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता व्यक्तिको अन्तिम प्रमाण पेश गर्न चिठ्ठी पठाएको छ । आयोगले १५ दिन भित्र बेपत्ता भएको व्यक्तिको बेपत्ता हुनु अघिको अन्तिम अवस्थाका बारेमा खुलाउन र आफूसँग भएका थप प्रमाणहरू पेश गर्न उल्लेख गर्दै पत्र पठाएको हो ।
आयोगले पठाएको पत्र आफूले मङ्सिर १७ गते पाएको तत्कालीन विद्रोही माओवादी पक्षबाट बेपत्ता पारिएका पुवा मझुवाका अगम राईका दाजु डिल्लीप्रसाद राईले जानकारी दिए । राई ०६० सालदेखि बेपत्ता पारिएका हुन् । 'त्यसबेला पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो । ती समाचारहरू पत्रपत्रिकामा आएका थिए । अहिले ती प्रमाणहरू आफू सँग छैनन् । कसरी प्रमाण जुटाउने भन्ने समस्या भएको छ ।' डिल्लीप्रसादले भने ।
०६१ असोज १८ गते फिदिमबाट बेपत्ता पारिएका मिलन राईको परिवारलाई पनि आयोगको पत्र आइपुगेको छ । अन्तिम अवस्थाको प्रमाण पेश गर्न भनिएकाले आफू अलमलमा परेको मिलनकी पत्नी आइतरानीले बताइन् । इलाम नगरपालिका-५ भन्ज्याङमा बस्दै आएकी आइतरानीले इलामबाटै शान्ति समिति मार्फत आयोगमा उजुरी पेश गरेकी थिइन् । 'आयोगले चिठ्ठी पठाएको रहेछ । अन्तिम प्रमाण पेश गर्न भनेको छ । के पेश गर्ने ? मसँग अहिले केही प्रमाण छैन ।'-आइतरानीले भनिन्-'अब शान्ति समितिमै गएर सोधेर मात्र पठाउने सोच गरेकी छु ।'
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा इलामबाट २३ जनाको उजुरी दर्ता भएको छ । तीमध्ये धेरै जनाको परिवारका हातमा पत्र पुगिसकेको स्थानीय शान्ति समितिका सचिव डिकेन्द्र इदिङ्गोले जानकारी दिए । तर, अहिले सम्म कसैले पनि अन्तिम प्रमाण पेश गरिनसकेको उनले बताए । अन्तिम प्रमाण के कुरालाई मान्ने भन्ने विषयमा बेपत्ता परिवार अलमलमा परेको द्वन्द्व पीडित समाज इलामका संयोजक दामोदर चापागाईंले बताए ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…