उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी
प्रहरी प्रशासनले पीडित परिवारले दायर गर्न खाजेको जाहेरी दर्ता नगरेको विषयमा उच्च अदालत नेपालगञ्जको इजलासले कात्तिक ४ गते विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
महादेवपुरी गाविसकी १५ वर्षीया बालिकाले आफूसँग एक युवकले प्रेम सम्बन्धमा फसाएर यौन शोषण गरी समाजमा बस्न नसक्ने अवस्थामा पुर्याएको र उसकै कारणले आत्महत्या गर्न गएको भन्दै 'सुसाइड नोट' लेखेर ०७३ भदौ २३ गते झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
पीडित पक्षले इलाका प्रहरी कार्यालयमा असोज २ गते जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले जाहेरी लिन मानेको थिएन । त्यसपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले समेत जाहेरी दर्ता गर्न नमानेको भन्दै पीडित पक्षले कात्तिक ३ गते उच्च अदालतमा रिट दायर गरेको थियो ।
उच्च अदालतका न्यायाधीश बिरबहादुर डाँगीको इजलासले १५ दिन भित्र लिखित जवाफ पेश गर्न जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको नाममा आदेश दिएको पीडित पक्षबाट बहस गरिरहेका कानुन व्यवसायी लोकबहादुर शाहले बताए ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…