‘इ–कोली’ जिवाणुका कारण ४० प्रतिशत खानेपानी पिउन अयोग्य
पर्वतवासीले पिउँदै आएको ४० प्रतिशत पानी पिउनका लागि अयोग्य रहेको स्वास्थ्य कार्यालय पर्वतले गरेको सर्वेक्षणले देखाएको छ ।
स्वास्थ्य कार्यालय पर्वतले गरेको सर्वेक्षणको नतिजा सार्वजनिक कार्यक्रममा कार्यालय प्रमुख सन्तोष पौडेलले जिल्लाका सातवटै स्थानीय तहमा पुगेर लिइएका पानीका करिब २ सय नमुनामध्ये ७२ ओटा नमुनामा मानिसलाई झाडापखाला हुने ‘इ–कोली’ जीवाणु भेटिएको बताउनुभयो ।
परीक्षणका लागि पानीको नमुना लिने क्रममा पानीको मुहान, सङ्कलन गर्ने ट्याङ्की र धाराबाट खसेको वा गाग्रीमा राखिएको पानी गरेर एकै स्रोतका ३ फरक फरक नमुना लिइएको थियो । पौडेलका अनुसार महाशिला गाउँपालिकाका १० ओटा आयोजनाबाट ३० ओटा नमुना सर्वेक्षण गर्दा सातओटा मुहानको पानीमा ‘इ–कोली’ भेटिएको छ भने २३ ओटा मुहानको पानी पिउनयोग्य पाइएको छ ।
पैयुँ गाउँपालिकाका ९ ओटा आयोजनाका २७ ओटा नमुनामध्ये १५ ओटा मुहानको पानीमा ‘इ–कोली’ पाइएको छ । त्यहाँका १२ ओटा मुहानको पानी पिउनका लागि योग्य रहेको परीक्षणले देखाएको छ । बिहादी गाउँपालिकाका ६ ओटा आयोजनाका १८ नमुनामध्ये १० ओटा मा ‘इ–कोली’ पाइएको छ ।
फलेवास नगरपालिकाका ४ ओटा आयोजना र एक विद्यालयका गरी १५ ओटा नमुनाको परीक्षण गर्दा ८ ओटा मा, जलजला गाउँपालिकाका ७ ओटा आयोजनाका २३ ओटा नमुनामध्ये ७ ओटा मा, कुश्मा नगरपालिकाका ५ ओटा आयोजनाका २७ ओटा नमुनामध्ये ८ ओटा मा तथा मोदी गाउँपालिकाका ९ ओटा आयोजना, एउटा स्वास्थ्य केन्द्र र एउटा विद्यालयको गरी कुल ३५ ओटा नमुना परीक्षण गर्दा ९ ओटा मा ‘इ–कोली’ पाइएको छ ।
आफूहरूले पानीको परीक्षण गरेर त्यसको नतिजा सार्वजनिक गरेपछि यसका सरोकारवाला निकायहरूले पानीको अवस्थामा सुधार ल्याउन कामहरू गर्नुपर्ने पौडेलले बताउनुभयो । अहिलेको समयमा पनि मानिसको दिशामा हुने जीवाणु ‘इ–कोली’ पानीमा भेटिनुले हाम्रो स्वास्थ्य अवस्था चुनौतीपूर्ण रहेको पौडेलको भनाई छ ।
करिब ४० प्रतिशत रोग पानी वा यसको कुनै सम्पर्कबाट सर्ने भएकाले स्वास्थ्यको आधारभूत पहुँचका लागि पनि सबैभन्दा पहिले शुद्ध पानी पिउन पाउनुपर्ने उहाँले बताउनुभयो । पानीको मुहानमा पातपतिङ्गर झरेर कुहिएर, पानीको मुहानमा मानिसको दिशा मिसिएर वा कहिलेकाहीँ प्राकृतिक रूपमा पनि पानीमा ‘इ–कोली’ को मात्रा देखिने पानीको परीक्षणमा संलग्न प्राविधिक दीपा केसीले बताउनुभयो ।
पानीमा पाइने ‘कोली फर्म’ र ‘इ–कोली’ दुवैले मानिसमा झाडापखाला हुने भएकाले सकेसम्म मुहानबाट घरसम्म आउने पानीलाई मुहानदेखि नै शुद्धीकरण गरेर वा त्यो सम्भव नभएमा परिवारले घरमा नै शुद्धीकरण गरेर मात्रै पानी पिउनुपर्ने पर्वत अस्पतालका निमित्त प्रमुख रुक्मिना अधिकारीले बताउनुभयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…