इलाम निर्वाचन क्षेत्र न. २ मा सुहाङ नेम्बाङ विजयी

  २०८१ वैशाख १८

इलाम निर्वाचन क्षेत्र न.२ मा नेकपा एमालेका ३३ वर्षीय सुहाङ नेम्बाङ विजयी हुनु भएको छ । २७ हजार ७ सय ७२ मत ल्याएर नेम्बाङ विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यायले जनाएको छ ।नेम्बाङ ५ हजार ८ सय ३० मतान्तरसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Photo 20240430 Ilam

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभयो । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४ सय ५७ मतसहित तेस्रो हुनु भएको छ । रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो हुनुभएको छ । ६९ हजार ३ सय ७४ मत गणना भएको थियो । ९ सय २ मत बदर भएको छ ।

१९ उम्मेदवारमध्ये १६ को जमानत जफत

१९ उम्मेदवारमध्ये १६ जनाको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत ल्याउन नसक्दा उम्मेदवारको धरौटी रकम गुमेको छ । १२ ओटा दल र सात जना स्वतन्त्र उम्मेदवारले चुनाव लड्नु भएको थियो । नेकपा (एमाले), नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम मात्र जमानत जोगाउन सफल हुनु भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्थाअनुसार कुल सदर मतको १० प्रतिशत मत नल्याए धरौटी जफत हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत १० दल र ६ स्वतन्त्र उम्मेदवारले १० प्रतिशत मत ल्याउन सकेनन् । यो क्षेत्रमा कुल सदर मत ६९ हजार ३ सय ७४ छ । यसको १० प्रतिशत ल्याउन छ हजार तीन सय हाराहारी चाहिन्छ । रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत मात्र ल्याउनु भएको छ ।

राप्रपा उम्मेदवार लक्ष्मी गुरुङले ४०४, जनमत पार्टीका प्रेम थाम्सुुहाङले ११८, नेकपा (एस)का जीतबहादुर राईले ४०८, नेपाल मजुदर किसान पार्टीका श्यामबहादुर दर्जीले ३३, मंगोल नेसनल अर्गनाइजेसनका मणि लिम्बूले ८१६ मतमात्र ल्याएर धरौटी गुमाउनु भएको छ ।

राप्रपा नेपालका गणेशबहादुर चौहानले ४३, नेपाल जनता दलका रेशबहादुर सुनुवारले २०६, नेसनल रिपब्लिकन नेपालका धन रानामगरले ३६ र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्तविक्रम साहले ४३ मत ल्याउनु भएको छ ।

स्वतन्त्र उम्मेदवारहरू अर्जुनविक्रम शाहीको ५५, डाकप्रसाद गौतमको १४, दीपेश बोहोराको २१, मनोज निरौलाको १२, योगेन्द्र गुरुङको ४ र राज बस्यालको ३८ मत आएको छ । उहाँहरू सबैले धरौटी गुमाउनु भएको छ ।

वैशाख १८ गते मतगणनामा नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्बाङ २७ हजार ७ सय ७२ मतसहित विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद निरौलाले बताउनु भयो ।  । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ल्याउनु भएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ११ हजार ४ सय ५७ मत आएको छ ।

विजयी उम्मेदवारलाई निर्वाचित प्रमाणपत्र आयोगले प्रदान गरेको छ । निर्वाचन भएको दिन ०८१ वैशाख १५ गते इन्सेकले इलाम निर्वाचन क्षेत्र न.२ का विभिन्न मतदानस्थल र मतदान केन्द्रको पर्यवेक्षण गरेको थियो ।

Photo 20240430 Ilam


मनोज अधिकारी