इलाममा रास्वपाका उम्मेदवारबाट आचारसंहिता उल्लङ्घन
रास्वपाका उम्मेदवार मिलन लिम्बुले मतदान गर्ने क्रममा निर्वाचन चिन्ह घण्टीको लोगो लगाएर मतदान गर्दै आचारसंहिताको ठाडो उल्लङ्घन गरेको इन्सेकका निर्वाचन पर्यवेक्षकहरुले जानकारी दिएका छन्। इलाम निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १५ गते भइरहेको उपनिर्वाचनमा मतादान गर्न गएका लिम्बुले आचारसंहिताको उल्लङ्घन गरेको निर्वाचन पर्यवेक्षक सुनिता राईले बताउनु भएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद ४ को उपदफा २१ (घ) मा मतदान गर्न जाँदा राजनीतिक दल वा उम्मेद्वारको निर्वाच चिन्ह वा झण्डा अङ्कित कपडा टिसर्ट ज्याकेट गम्छा टोपी वा क्याप, भेष्ट, लोगो ब्याज, मास्क स्टिकर, लगाउन वा झोला बोक्न नहुने उल्लेख छ । तर, रास्वपा उम्मेदवार लिम्बुले भने प्रष्टसँग देखिएको चुनाव चिन्ह घण्टीको ब्याज आफ्नो कोटमा लगाएर मतदान गरेको राईले बताउनु भयो ।
निर्वाचन अनुगमन अधिकृत राजेन्द्र आचार्यले रास्वपाका जिल्ला तहका नेतालाई फोन सम्पर्क गरेर स्पष्टिकरण लिएको बताउनुभयो ।
"उहाँले तत्काल हटाउन लगाउने भनेपछि थप केही भएन । अहिले करेक्सन भैसकेको छ ।"-अनुगमन अधिकृत आचार्यले भन्नुभयो-"स-साना गल्ती समेत नोटिस् हुने हुँदा चनाखो हुन र आचारसंहितालाई पूर्ण कार्यान्वयन गराउन भनिएको छ ।"
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…