इलामका दुई ओटा मतदान केन्द्र सार्ने निर्णय

  ०७९ वैशाख २७ गते

मतदान प्रक्रियामा सहभागी हुन र मतदान गराउन ठाँउ साँघुरो भएको भन्दै इलाम नगरपालिकामा दुई ओटा मतदान केन्द्रलाई अन्य स्थानमा सारिएको छ ।

इलाम नगरपालिकाको इलाम एजुकेशन फाउण्डेशनमा भएको मतदान केन्द्र त्यस नजिकैको हेरिटेज नेशनल एकाडेमी स्कूलमा सारिएको छ ।

इलाम नगरपालिका–५ स्थित कवर्ड हलमा रहेको मतदान केन्द्र साविक वडा कार्यालय भवनमा सारिएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।

इलामका मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङ्गनामको संयोजकत्वमा वैशाख २७ गतेको बैठकले राजनीतिक दलहरूको छलफलपछि दुई ओटा दुई केन्द्र साँघुरो ठाँउबाट सहज ठाँउमा सार्ने निर्णय गरिएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयलले बताउनु भयो ।

निर्वाचन अधिकारी फुयलले ती मतदान केन्द्रबाट मतदान गर्ने मतदाताहरूको परिचयपत्र पनि नयाँ कायम गरिएका मतदान केन्द्रहरूबाटै वितरण गरिने निर्णय गरिएको बताउनु भयो ।

जिल्लाका २ सय ८५ ओटा मतदान केन्द्रमा मतपत्र, मतपेटिकासहित ५८ प्रकारका निर्वाचन सामग्री पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन सुरक्षा टोलीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरू समेत मतदान केन्द्रहरूमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

photo 20220510 ilam (1)

photo 20220510 ilam (2)

photo 20220510 Ilam (4)

photo 20220510 Ilam (3)

 


बविता मैनाली