इलाका प्रशासन कार्यालय लाप्चानेको सेवा बन्द हुँदा स्थानीयलाई समस्या
रामेछापको इलाका प्रशासन कार्यालय प्रिति लाप्चानेको सेवा एक महिनादेखि बन्द हुँदा स्थानीय सेवाग्राही सेवाबाट वञ्चित भएका छन् । इलाका प्रशासन कार्यालयमा सरकारले अधिकृत स्तरको कर्मचारी नखटाउँदा इलाका प्रशासन कार्यालये दिने सम्पूर्ण सेवा एक महिनादेखि बन्द भएको हो ।
जिल्लाका आठ ओटा गाविसका स्थानीयलाई सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको सो कार्यालय ०७३ साउन महिनामा स्थापना गरिएको थियो । जिल्ला प्रशासन कार्यालयका नासु मकरध्वज खड्कालाई कायमुकायम अधिकृत तोकि सो कार्यालय स्थापना गरिएको थियो ।
कायम मुकायम तोकिएको कर्मचारीले ६ महिनाभन्दा बढी कामु भएर काम गर्न नपाउने कानुनी बाध्यताका कारण खड्काको कामु शाखा अधिकृतको अवधि मङ्सिर महिनामा सकिएपछि उनी जिल्ला प्रशासन कार्यालय रामेछापमा फर्किएका छन् । सो स्थानमा गृहमन्त्रालयले अन्य अधिकृत स्तरको कर्मचारी नखटाएको कारण कार्यालयको काम एक महिनादेखि ठप्प छ ।
इलाका प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, नता प्रमाणितलगायतका कागजातहरू जारी गर्ने गर्दछ । सो कार्य शाखा अधिकृतभन्दा तलको कर्मचारीले गर्न नमिल्ने भएपछि कार्यालयका अन्य कर्मचारीसमेत जिल्ला प्रशासन कार्यालय मन्थलीमा नै हाजिर भएर काम गरि रहेका छन् ।
कार्यालय सहयोगीले कार्यालय खोल्ने काम बहेक सेवा प्रवाहका कुनै पनि काम हुन नसकेका स्थानीइले गुनासो गरेका छन् । सो कार्यालयमा अधिकृत स्तरको कर्मचारीको व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालयले माथिल्लो निकायमा ताकेता गरिरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…