इलाका प्रशासनको सेवा प्रवाह पुनः सुचारू गर्न माग
इलाका प्रशासन कार्यालय नराकोट सिञ्जा जुम्लाको सेवा प्रवाह ठप्प भएको भन्दै सिञ्जा भेगका ११ गाविसका स्थानीयबासीले क्षेत्रीय प्रशासक कृष्ण देवकोटालाई ध्यानाकर्षण पत्रमार्फत सेवा पुनः सुचारूका लागि माग गरेका छन् ।
क्षेत्रीय प्रशासक प्रमुख जुम्ला आएको अवसरमा सिञ्जाबासीले कात्तिक ५ गते इलाका प्रशासन कार्यालयद्वारा वितरण हुने सेवा प्रवाह ठप्प भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नेपाल सरकारद्वारा नागरिकलाई घर पायकमै सेवा दिने उद्देश्य अनुरूप ०७३ असार १७ गतेदेखि आफ्नो सेवा प्रवाह सुरू गरेको इलाका प्रशासन कार्यालयद्वारा गत असोज ६ गतेदेखि सबै सेवा प्रवाह ठप्प पारेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
इलाका प्रशासन कार्यालय नराकोट सिञ्जामा काजमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी सुमन धितालको असोज ६ गते देखि काज सकिएर घर बिदामा बसेका कारण सो समयदेखि कार्यालयद्वारा कुनै पनि सेवा प्रवाह नभएको सिञ्जाबासीको भनाइ छ ।
सिञ्जा क्षेत्रका ११ गाविसलाइ सेवा दिने लक्ष्यका साथ स्थापना गरिएको इलाका प्रशासन कार्यालयको सेवा प्रवाह रोकिएपछि सिञ्जाबासीले पुनः सेवा लिन सदरमुकाम धाउनु परेको ध्यानाकर्षण पत्रमा जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले जिल्ला प्रशासन कार्यालय जुम्लामा छुट्टै इलाका प्रशासन फाँट स्थापना गरी सिञ्जाबासीका लागि सेवा प्रवाह भइरहेको जानकारी दिँदै इलाकाबाटै सेवा प्रवाहका लागि कर्मचारीको ब्यवस्था छिट्टै गर्ने प्रतिवद्धता व्यक्त गरे ।
क्षेत्रीय प्रशासक कृष्ण देवकोटाले लोकसेवा आयोगमा कर्मचारी दरबन्दीको माग गरिएको बताउँदै समस्याको समाधान छिट्टै खोजिने आश्वासन दिए ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…