इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा हिरासत तथा कारागार अनुगमन
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीको नेत्तृत्वको टोलीले ०८० असोज १८ गते जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालय, डोटीको हिरासत कक्षको अनुगमन गरेको छ ।
थुनुवा तथा कैदीबन्दीहरुको आधारभूत अधिकारको अवस्था जानकारी लिने उद्धेश्यले हिरासत तथा कारागारको अनुगमन गरिएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्कराज जोशीले बताउनु भयो ।
करागारमा क्षमता भन्दा बढि कैदीबन्दी राखिएको कारण कैदीबन्दीहरुले सास्ती खेप्नु परेको र कारागार सुधार गृृह भनिएको भए पनि जिल्ला कारागार, डोटीमा रहेका कैदीबन्दीहरुका लागि शिपमूलक तालिम, आयआर्जनसँगसम्बन्धीत कार्यक्रम र खेलकुद तथा मनोरञ्जनका साधनहरु नभएको अनुगमनका क्रममा पाइएको इन्सेक प्रदेश संयोजक जोशीले बताउनु भयो ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालयका एसपी बिस्नुहरी कोइरालासँग जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा छलफल समेत गरेको थियो । जिल्ला प्रहरी कार्यालय, डोटीका एसपी काइरालाले मानव अधिकारको क्षेत्रमा प्रहरी संवेदनशील भएको बताउँदै अपराधिक घटनाहरू न्यूनिकरण गर्न बिभिन्न अभियानहरू सञ्चालन गर्दै आएको बताउनु भयो ।
जिल्ला कारागार, डोटीमा पाँच जना महिला सहित २५ जनाको क्षमता भए पनि क्षमता भन्दा दोब्बर कैदीबन्दी रहेका र कारागारको भौतिक संरचना जिर्ण रहेकोले कारागार व्यवस्थापनमा समस्या भएको जिल्ला कारागार, डोटीका खरिदार प्रदिप ओझाले बताउनु भयो । हाल जिल्ला कारागार, डोटीमा एक महिला सहित ५३ जना कैदीबन्दी रहेका छन् । क्षमता भन्दा दोब्बर कैदीबन्दी रहेका कारण कैदीबन्दीहरुलाई सुत्न र शौचालय प्रयोग गर्न समेत समस्या हुने गरेको कारागारका खरिदार ओझाले अनुगमन टोलीलाई बताउनु भयो ।
गतवर्ष कारागार मर्मतका लागि शहरी सघन कार्यालयले ३ लाख रुपियाँ कारागार मर्मत सम्भारका लागि बजेट विनियोजन गरेको भए पनि उक्त रकम अपुग भएकोले कारागार मर्मत गर्न नसकिएको ओझाको भनाइ छ ।
जिल्ला कारागार, डोटीका चौकीदार बिरबहादुर ताम्राकारले कैदीबन्दीहरुका लागि सिपमूलक तालिम तथा मनोरञ्जनका साधनहरुको अभाव रहेकाले यी आधारभूत अधिकारको सुनिश्चितताका लागि पहल गरी दिन अनुमगन टोलीलाई अनुरोध गर्नुभएको थियो ।
अनुगमन तथा भेटघटका क्रमा जिल्ला प्रहरी कार्यालय, डाटीका एसपी विष्नुहरी कोइराला र जिल्ला कारागार, डोटीका सूचना अधिकारी ओझालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक जोशीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तान्तरण गर्नु भएको थियो ।
प्रमेबहादुर भण्डारी
सम्बन्धित समाचारहरू
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…