इन्सेक र मानव अधिकार आयोगका प्रतिनिधिद्वारा मतदानस्थलको निरीक्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि र राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयबाट स्थानीय तह सदस्य निर्वाचन अनुगमनका लागि खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका अन्तर्गतका पाँच ओटा मतदान स्थलको अनुगमन तथा पर्यवेक्षण गरेको छ ।
इन्सेकका जिल्ला प्रतिनिधि तथा निर्वाचन पर्यवेक्षक पुष्पराज अधिकारी, मानव अधिकार अधिकृत जागेश्वर चापागाईँ र लोकनाथ घिमिरेले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को भुटनदेवी मावि, वडा नम्बर ६ चौघडाको बंशगोपाल मावि, वडा नम्बर ७ नाग्श्वतीको नवज्योती मावि, वडा नं. ८ कमानेको चन्द्रोदय मावि र वडा नं. १५ नम्बर रातोमाटेमा रहेको वडा कार्यालय भवन मतदान स्थलहरूको अनुगमन गरेको हो ।
टोलीले मतदान अधिकृतहरुसंग मतदान केन्द्रको अवस्था, निर्वाचनको तयारी, सुरक्षा अवस्था लगायतका विषयमा छलफल समेत भएको थियो ।
अनुगमन टोलीले स्थानीय तह सदस्य निर्वाचनमा मानव अधिकार दृष्टिकोणबाट उम्मेदवारले स्वतन्त्र रूपमा प्रचार प्रसार तथा आवातजावतको अधिकार, मतदान केन्द्रसम्म मतदाताको पँहुचको अवस्था, मतदाता शिक्षा, निर्वाचन आचारसंहिताको पालना, अपाङ्गता, अशक्त, जेष्ठनागरिक, गर्भवती महिला लगायतका व्यक्तिहरूका लागि मतदानको समयमा प्राथमिकतामा राखिए नराखिएको विषयमा अनुगमन समेत गरेको छ ।
साथै समग्रमा निर्वाचन स्वतन्त्र, निष्पक्ष भयरहित अवस्थामा सम्पन्न भए नभएको विषयमा अनुगमन गर्ने छ ।
आयोगको अनुगमन टोलीले मतदान पश्चात मतगणना तथा विजय जुलुस ¥याली तथा सभाहरूको समेत अनुगमन गरिने जनाएको छ ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…