इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या दुरुत्साहन घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका-१ मा भएको आत्महत्या दुरुत्साहन घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनी, इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, आयोगका मानवअधिकार अधिकृत राहुल ठाकुर, इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियार, दलित जनकल्याण युवा क्लवका कार्यकारी निर्देशक बिनोद बिसुन्केले पीडितको घरमा गई घटनाको अनुगमन गरेका हुन ।
१७ वर्षीया बालिकाले झुण्डीएर आत्महत्या गरेको घटना बाहिर सार्वजनिक भए तापनि नवराजपुर गाउपालिका-१ का १९ वर्षीय रुपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले ०८१ माघ २७ गते बालिकालाई सामूहि बलात्कार गरेको घटनालाई माघ २८ गते स्थानीयहरूले पञ्चायत बसी १ लाख ४० हजार रुपियाँ आरोपितहरूले पीडित पक्षलाई क्षतीपुर्ती दिनु पर्ने गरी घटना मिलापत्र गराएको र माघ ३० गते बालिका आफ्नै घरमा झुण्डीएको अवस्थामा फेला परेकोले घटना शङ्कास्पद रहेको सूचना पाएर घटना अनुगमनको लागि आएको राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनीले बताउनु भयो । घटना अनुगमन गरी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर शिव कट्टेललाई घटनाको सुक्ष्म अनुसन्धान गरी आरोपितहरूविरुद्ध कारबाही प्रकृया अगाडी बढाउन निर्देशन दिएको बताउनु भयो ।
दलित बालिकामाथी भएको बलात्कार जस्तो जघन्य घटनामा जनप्रतिनिधि लगायत समाजका अगुवाहरूले आरोपितहरूलाई प्रहरीको जिम्मा नलगाइ गाउँमा पञ्चायत बसी मिलापत्र गराइ उनमुक्ति दिनु दुःखद भएको इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो । घटनामा संलग्न सबैलाई र छलफल गराउने अगुवाहरूलाई पनि कानुनी दायरामा ल्याई कारबाही प्रकृया अगाडि बढाउनु पर्ने संयोजक पासवानले बताउनु भयो ।
दलित जनकल्याण युवा क्लवका निर्देशक बिनोद बिसुन्केले पीडित परिवार अझै डर, त्रास र धम्कीको सिकार भएको बताउनु भयो । आरोपितहरू सबैलाई कानुनको दायरामा नल्याउदासम्म यस्ता घटनाहरूले प्रसय पाउने हुँदा छलफल गराउने समेतलाई कारबाही अगाडि बढाउन दबाब मुलक कार्यक्रमहरू गर्ने बताउनु भयो ।
अनुगमनका क्रममा मृतकका बुबा बिजुल सदाले आफू रोजगारको लागि भारतमा रहेको र छोरीको विवाहको लागि आउँदा छोरीको मृत्यु भएकोको खबरले स्तबध भएको बताउनु भयो । घटना पश्चात दैनिक जसो मानिसहरू आउने र घटना मिलाउन धाक धम्की दिने गरेकोले त्रासमा बसिरहेको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर शिव कट्टेलले माघ ३० गते बालिका झुण्डीएको खबर पाउना साथ प्रहरी सहित घटनास्थल पुगि प्रकृया अगाडि बढाएको बताउनु भयो । प्रारम्भिक अनुसन्धानमा दुरुत्साहन देखिएकोले फागुन १ गते दुरुतसाहन शिर्षकमा उजुरी दर्ता गरी शव पोष्टमार्टमको लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा फागुन ३ गते पोष्टमार्टम भएको बताउनु भयो । सामूहिक बलात्कारको विषय पछि आएको र गाउँमै छलफलको घटनाहरू पनि जानकारीमा आएकोले त्यता तिर पनि अनुसन्धान अगाडि बढाएको बताउनु भयो । हाललाई दुरुत्साहन शिर्षकमा रुपेश मण्डलमाथि मुद्दा चलाएको बताउनु भयो । आरोपितहरू फरार रहेकोले खोज तलास भैरहेको इन्स्पेक्टर कट्टेलले जानकारी दिनु भयो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१२ का २१ वर्षीय अशोक चौधरीलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…