इन्सेक र आयोगको संयुक्त टोलीद्वारा कारागार अनुगमन
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत र मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयले ०८० चैत ३० गते जिल्ला कारागार संयुक्त रुपमा अनुगमन गरेको छ ।
अनुगमनमा कारागारको भौतिक अवस्था, खाना, सिधा तथा आरामको अवस्था, स्वास्थ्य जाँच उपचार, पुस्तकालय तथा मनोरञ्जन, भेटघाटको प्रवन्ध, खानेपानी र अभिलेख लगायतका विषयमा अनुगमन गरिएको इन्सेकले जनाएको छ ।
अनुगमनका क्रममा पुरुष कैदीबन्दीतर्फ कारागारमा कैदीबन्दी बिरामी हुँदा छिट्टै उपचार गर्ने व्यवस्था नभएको एक कैदीबन्दीले गुनासो गरे । त्यसैगरी,खानेपानीको समस्या रहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘ खानेपानीको लागि धाराको व्यवस्था तथा सिपमुलक तालिमको व्यवस्था भए राम्रो हुन्थ्यो।’
यसैगरी , कारागार धेरै कैदीबन्दी रहेको हुँदा एउटै कोठामा ५२ जना सम्म सुत्नु परेको अर्का एक कैदीकन्दीले बताउनु भयो । कारागारमा पाँच ओटा भित्र र तीन ओटा बाहिर शौचालय भएको तर पनि प्रयोगमा पालो कुर्नुपर्ने, खेलकुदको समाग्री प्रशस्त भएपनि खेल्ने ठाउँको अभाव रहेको उहाँले बताउनु भयाे ।
यसैगरी महिला कैदी बन्दीमा पर्याप्त मात्रामा सिपमुलक तालिम सञ्चालन भएको तर बजारीकरणमा समस्या रहेको, महिला बन्दी गृहमा पुस्तकालय नरहेको ,पानीको शुद्धिकरण गर्ने व्यवस्था नरहेको , विद्युत् नहुँदा समस्या हुने गरेको लगायतको समस्या रहेको एक महिला कैदीबन्दीले बताउनु भयो ।
करागारमा एक सय जनाको क्षमता रहेको कारागारमा अनुगमनका क्रममा ४ सय ११ जना कैदी बन्दी रहेका छन । जस अनुसार पुरुषतर्फ ३ सय ७४ जना कैदी तथा थुनुवा रहेका छन भने महिलातर्फ ३७ जना कैदीबन्दी रहेका छन् । यसैगरी कारागारमा १ जना आश्रित बालिका रहेको कारागार प्रशासक लक्ष्मी खरेलले जानकारी दिनु भएको छ ।
हप्तामा ४ दिन आफन्त सँग भेटघाट गर्ने प्रवन्धको व्यवस्था गरिएको छ । स्वास्थ्यकर्मीको दरबन्दी भएपनि हाजिर नहुँदा समस्या हुने गरेको छ । कैदीबन्दी बिरामी हुँदा जिल्ला स्वास्थ्य कार्यालय सँग समन्वय गरेर उपचार हुन्छ । सञ्चारको लागि आठ ओटा सेट उपलब्ध रहेको छ । पुस्तकालयमा ३५०० ओटा किताबहरु प्रवन्ध गरिएको छ । खानेपानी समस्यको समाधानका सम्बन्धित निकायसँग छलफल भइरहेको कारागार प्रशासक खरेलले बताउनुभयो ।
अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख लोकनाथ बास्तोला, मानव अधिकार अधिकृत मानबहादुर कार्की, इन्सेकका प्रदेश संयोजक नारायण सुवेदी र प्रलेख अधिकृत पुरनप्रसाद चौधरी रहनु भएको थियो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत
सम्बन्धित समाचारहरू
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशको निर्वाचन परिणाम
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशको १ गाउँपालिका अध्यक्ष र ७ वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा १ गाउँपालिका अध्यक्ष र ६ जना वडाध्यक्ष पदको परिणाम घोषणा भएको छ ।…
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…