इन्सेक र आयोगका प्रतिनिधिद्वारा यातना पीडितको अवस्थाबारे जानकारी
इन्सेक जिल्ला प्रतिनिधि र राष्ट्रिय मानव अधिकार आयोग धनुषाका प्रतिनिधिद्वारा जनकपुर अञ्चल अस्पतालमा उपचाररत यातना पीडितको अवस्थाको बारेमा असोज १६ गते जानकारी लिएको छ ।
सर्लाही प्रहरीको यातनाबाट गम्भीर घाइते भएका सर्लाही जिल्ला हरिपुर गाविस-९ का ३० वर्षीय सरोजकुमार चौधरीको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
इन्सेक जिल्ला प्रतिनिधि विनोदकुमार रविदास, आयोगका मानव अधिकार अधिकृत सोमनाथ सुवेदी र रेवा रेग्मीले असोज १६ गते पीडितलाई भेटघाट गरी घटनाको बारेमा जानकारी लिएका हुन् ।
चौधरीलाई इलाका प्रहरी कार्यालय हरिपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीले तीन दिनसम्म गैर कानुनी थुनामा राखी यातना दिएको पीडितले बताए ।
०७३ असार २७ गते ७ लाख ४ सय ५५ रुपियाँको चोरी भएको घटनामा संलग्न रहेको आरोपमा चौधरीलाई असोज ११ गते इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर चरित्रविक्रम कार्की नेतृत्वको टोलीले घरबाट गिरफ्तार गरेका थिए ।
चौधरीलाई इलाका प्रहरी कार्यालय हरिपुरमा राखी असोज १२ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पुर्याइएको थियो । जिल्ला प्रहरी कार्यालय मलङ्गवामा कुटपिट गरी चरम यातना दिएको पीडितको आरोप छ ।
प्लास्टीकको पाइप र मुक्काले पैताला, फिला, टाउको, कञ्चट, पिठ्यूँलगायत शरीरको विभिन्न भागमा कुटपिट गरी यातना दिएको पीडितले बताएका छन् । उनको शरीरमा निलडाम देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय मलङ्गवाका इन्स्पेक्टर पुरुषोत्तम कार्कीले बढी कुटपिट गरेको पीडितले आरोप लगाए । कार्कीले कञ्चटमा थप्पडले हिर्काएपछि देब्रे कानले कम सुन्न थालेको पीडित चौधरीले बताए ।
चौधरीलाई अनुसन्धानको क्रममा पोलीग्राफ परीक्षण गर्दा परिणाम नाकारात्मक आएपछि असोज १३ गते साँझ चौधरीकी पत्नी अञ्जनाकुमारी धामीको रोहवरमा रिहा गरिएको पीडितले बताए ।
चौधरीको उपचार असोज १४ गतेदेखि जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । पीडितले प्रहरीको धम्की दिएको भन्दै न्याय दिनको लागि मानव अधिकारकर्मीहरूलाई आग्रह गरेका छन् ।
विनोदकुमार रविदास
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…