इन्सेक र आयोगका अधिकारीबिच छलफल सम्पन्न
मानव अधिकारको क्षेत्रमा इन्सेकले महत्वपूर्ण योगदान पुर्याएको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले बताउनु भएको छ ।
इन्सेक केन्द्रीय कार्यालयमा असार ६ गते इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठ नेतृत्वको टोली र आयोगका सदस्य ठाकुर नेतृत्वको टोलीबिच गरिएको छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
राष्ट्रिय मानव अधिकार आयोग स्थापना गर्नकै लागि समेत इन्सेकले आन्दोलन र अभियान चलाएको स्मरण गर्दै उहाँले द्वन्द्वकालमा गरेको प्रशंसनीय रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो–‘मानव अधिकार आन्दोलनको पर्यायका रूपमा रहेको इन्सेक अहिले राष्ट्रिय स्तरमा मात्रै नभइ अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचति छ । यो सबै इन्सेकले गरेको कर्मको विस्वास हो ।’
सदस्य ठाकुरले मानव अधिकार आन्दोलनको उचाइका लागि आयोगले इन्सेक लगायतका मानव अधिकार सङ्घसंस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रममा इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले इन्सेकले राखेको अभिलेखका कारण धेरै पीडितले न्याय पाउन सकेको बताउनु भयो ।
उहाँले स्थापनाकालदेखि नै आयोग र इन्सेकले धेरै काम सहकार्यमा गरेकाले आगामी दिनमा पनि सँगसँगै लागेर मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा योगदान गर्न सकिने बताउनु भयो ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेक अभियान र सञ्चालित कार्यक्रमका बारेमा जानकारी दिनु भएको थियो ।
छलफलमा आयोगका सहसचिव एवम् प्रवक्ता डा. टिकाराम पोख्रेलले इन्सेकले राखेको अभिलेख मानव अधिकार क्षेत्रमा बिर्सनै नसकिने काम भएको बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…
कर्णालीका ५५ प्रतिशत बालबालिकामा कुपोषण
नेपालको संविधानको धारा ३८ र धारा ३९ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावले जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हकको अधिकार भएको उल्लेख गरिए पनि कर्णालीमा गरिबीकै कारण ज्यान गएको पाइन्छ ।…