इन्सेक मधेस प्रदेश कार्यालयद्वारा बलात्कार घटनाको स्थलगत अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय जनकपुरले चैत ३ गते बलात्कार घटनाको स्थलगत अनुगमन गरेको छ ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानको नेतृत्वमा दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक बिनोदकुमार विसुन्के, ओरेककी संयोजक अनिता चौधरी, महिला मानव अधिकार रक्षक सञ्जाल सिरहाकी अध्यक्ष गङ्गा कुमारी अधिकारी, सिकाइ सञ्जालकी प्रदेश संयोजक रेणु कर्ण र इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारले घटनाको संयुक्त अनुगमन गरेको हो ।
अनुगमनका क्रममा बलात्कार घटनाबाट पीडित सुस्त तथा अपाङ्गता भएकी पीडित ३५ वर्षीया महिलाको आठ महिनाको गर्भ रहेको र आर्थिक अवस्था कमजोर रहेको पाइएको थियो ।
पीडित महिलाले स्थानीय उप स्वास्थ्य चौकीबाट आइरन चक्की र खोप लगाएको भए पनि खोप कार्ड चौकीका प्रमुखले नबनाइ दिएको जानकारी गराएपछि अनुगमन टोलीको पहलमा तत्कालै चौकीका प्रमुख संजयकुमार साहले खोप कार्ड बनाइ दिएको र नियमित गर्भावस्था जाँच गरी औषधि दिने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले अनुगमनबाट पीडितको आर्थिक र स्वास्थ्य अवस्था कमजोर भएकोले इन्सेकले प्रदान गर्ने हिंसा पीडित कोषबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।
पीडित महिलालाई ०७९ साउन २८ गते सुखिपुर नगरपालिका–३ का २० वर्षीय चन्दन यादवले बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा पुस १ गते उजुरी दिनुभएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा पुस १ गते भएको र थप जाँच पुस २ गते पनि भएको थियो । इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्सपेक्टर केशव कटुवालले घटनाका आरोपित फरार रहेकोले खोज तलास भइरहेकोे बताउनु भयो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…