इन्सेक मधेस प्रदेशद्वारा बलात्कार घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले १८ वर्षीया बालिकामाथि भएको बलात्कार घटनाको अनुगमन ०८१ भदौ २४ गते गरेको छ ।
घटनाको अनुगमन इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानको नेतृत्वमा एडभोकेसी फोरम, नेपाल, राजकुमार महासेठ, इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि ममता विश्वकर्मा, पत्रकार रञ्जन भण्डारी सहितको टोलिले गर्नु भयो ।
अनुगमनको क्रममा पीडित बालिकाको स्वास्थ्य अवस्था बारे बुझ्नका लागि प्रादेशिक अस्पताल जलेश्वर पुग्नु भएको टोलीले अस्पतालका अध्यक्ष मिनु झा, ओसिएमसिका इन्चार्ज रिङ्कु साह र प्रहरी हवल्दार सुरेन्द्र ठाकुरसँग भेट्घाट गर्नु भयो । विजुलीको करेन्टका कारण पीडित बालिकाको बायाँ हातको औलाहरू जलेका छन् भने कान्छि औला काट्नु परेको अवस्था रहेको, बाँकी औलाहरूको अवस्था पनि सामान्य नरहेको, पाठेघरमा संक्रमण भई रक्तस्राव भएको पीडितकाे स्वास्थ्य उपचारमा खटिएका अस्पतालका नर्श बिना तिवारीले अनुगमन टोलीलाई जानकरी दिनु भएको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।
पीडित बालिकालाई रामगोपालपुर नगरपालिका-३ दोलाठीका ५० वर्षीय उमेश मण्डलले विभिन्न प्रलोभन देखाएर आफ्नो घरमा लगी साउन १८ गते बलात्कार गरेको भन्दै पीडितले भदौ १९ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनु भएकाे छ । त्यसैबीच, पीडितको हात नजिकको टेबलमा रहेको विजुलीको नाङ्गो तारमा छुन पुग्दा करेन्ट लागि दाँया हातको औंलाहरू जलेको छ । सोही दिन आरोपितले पीडितलाई उपचारको लागि रामगोपालपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए । उपचारको क्रममा प्रहरीलाई घटना शङ्कास्पद लाग्दा प्रहरीले युवतीलाई सोधपुछ गर्दा पीडितले घटनाबारे जानकारी दिएका थिए र लगतै आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी पोखरेलले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण भदौ १८ गते प्रादेशिक अस्पताल जलेश्वरमा भएको छ ।
ममता विश्वकर्मा
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…