इन्सेक मधेस प्रदेशद्वारा जिल्ला प्रहरी कार्यालयको हिरासत अनुगमन
इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, जिल्ला प्रतिनिधि दुर्गा परियार, फोकल पर्सन बरुण बस्याल र ओरेककी संयोजक अनिता चौधरीले जिल्ला प्रहरी कार्यालय सिरहामा रहेको प्रहरी हिरासतको अनुगमन असार २९ गते गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा एक महिला हिरासत कक्ष, एक तेश्रो लिङ्गि हिरासत कक्ष र तीन ओटा पुरुष हिरासत कक्ष रहेको इन्सपेक्टर प्रदिप पौडेलले बताउनु भयो । थुनुवाहरूलाई बिहान र राती गरी दुई पटक खाना दिने गरेको र बाहिर खुल्ला रहेकोले दिउसो बिहान मिलाएर बाहिर राखि घुम्न निकाल्ने गरेको बताउनु भयो । हिरासत कक्षमा सिसिटिभि राखेर २४ घण्टै निगरानी गरीने र कोठा भित्रै शौचालय रहेकोले र शौचालयहरूमा झुण्डिएर आत्महत्या गर्न सक्ने भएकोले आधा ढोका मात्र भएको इन्सपेक्टर पौडेलले बताउनु भयो ।
बाहिर टिभी, पंखा राखेको देशकै उत्कृषट हिरासत भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रबिन्द्रराज पाण्डेले बताउनु भयो । बातावरण मैत्री, सुरक्षित र व्यवस्थित भएको यएतिको कारागार नेपालमा कमै रहेको बताउनु भयो । थुनामा रहेका थुनुवाहरूले हिरासतमा राम्रो व्यवहार गर्ने गरेको कुटपिट तथा यातना नदिने गरेको बताउनु भयो ।
अनुगमनको क्रममा अनुगमन टोलीले सुझाव सहित तेश्रो लिङ्गिको सट्टा यौनिक तथा अल्पसंख्यक नामाकरण गर्न सुझाव दिइएको थियो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…