इन्सेक प्रदेश २ का संयोजक पासवान सम्मानित
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारकर्मी इन्सेक प्रदेश २ संयोजक राजु पासवान मङ्सिर २४ गते जनकपुरधाममा सम्मानित हुनुभएको छ ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारकर्मी पासवानलाई प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले सम्मानपत्र प्रदान गर्नु भएको हो ।
मानव अधिकारको क्षेत्रमा क्रियाशील भइ महिला अधिकार, सामाजिक न्याय, मानव अधिकारको संरक्षण तथा सम्बर्द्धन र समतामूलक समाज निर्माणमा उल्लेख्य योगदान पुर्याइरहेको भन्दै महिला अधिकार रक्षक सञ्जाल धनुषाले अधिकारकर्मी पासवानलाई सम्मान गरेको हो ।
आफ्नो जीवनको महत्वपूर्ण समय सामाजिक न्याय, महिला अधिकार र मानव अधिकारको संरक्षण, सम्वद्र्धन र समतामूलक समाज निर्माणमा अनवरत क्रियाशिल रही मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको दिनमा यहाँलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्ष र गरिबी निवारण सम्बन्धी स्थनीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…