इन्सेक प्रतिनिधि सम्मानित
इन्सेक खोटाङ प्रतिनिधि तारानाथ फुयल सम्मानित हुनु भएको छ ।
जिल्लामा मानव अधिकारसँगै खाद्य अधिकारका सवाल क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै उद्योग वाणिज्य सङ्घ खोटाङले २५ औँ साधारणसभा तथा ११ औँ अधिवेशनमा सम्मान गरेको हो ।
मानव अधिकार संरक्षण र प्रवद्र्धन तथा खाद्य अधिकारको क्षेत्रमा विशेष योगदान पुर्याए बापत फुयललाई सम्मान गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपिनकुमार राईले बताउनु भयो ।
प्रतिनिधि सभा सदस्य रामकुमार राईले इन्सेक खोटाङले मानव अधिकार अभिलेखमा अनुकरणीय कार्य गरेको र पीडितको न्यायका लागि सहयोग गर्दै आउनु बताउनु भयो ।
इन्सेकको अभिलेखका कारण पीडितलाई न्याय दिलाउन सहयोग पुगेको भन्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईले इन्सेकको प्रशंसा गर्नु भएको छ ।
जिल्लामा खाद्य सुरक्षा तथा उपभोक्ताको अधिकारमा इन्सेक प्रतिनिधि फुयल अग्रभागमा रहेर क्रियाशील भएकाले वाणिज्य सङ्घले सम्मान गरेको सङ्घका महासचिव मनोजकुमार वजिमयले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइले विकास र मानव अधिकारको रक्षाको लागि इन्सेकको भूमिका महत्वपूर्ण भएको बताउनु भएको छ ।
खोटाङ उद्योग वाणिज्य सङ्घको २५ औँ साधारणसभा तथा ११ औँ अधिवेशनका अवसरमा इन्सेक खोटाङ प्रतिनिधिलाई ०७९ फागुन १३ गते सम्मान गरिएको छ ।
इन्सेक प्रदेश १ कार्यालय, विराटनगर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…