इन्सेक नेतृत्वको टोलीद्वारा कथित बोक्सी र बलात्कार घटनाका पीडितहरुको अवस्था बारे अनुगमन
जलेश्वर नगरपालिका–४ सुगा गाउँकी ४३ वर्षीया सुकमरियादेवी महतोलाई २०७८ असोज २७ गते बिहान कथित बोक्सीको आरोपमा नियन्त्रणमा लिएर अभक्ष कोच्याउनुका साथै केश मुण्डन गरी अमानवीय तरिकाले कुटपिट गरेको घटनाको सम्बन्धमा इन्सेक नेतृत्वको मानव अधिकारकर्मीहरुको टोलीले माघ नौ गते पीडितसँग भेटेर स्वास्थ्य तथा वर्तमान समाजिक अवस्था बारे जानकारीको लागि अनुगमन गरेका छन् । कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरिएकी पीडितलाई न्याय र आरोपितलाई कारबाही सुनिश्चित गर्न मानव अधिकारकर्मीहरूले माग गरेका छन् ।
डिसिए नेपालका कार्यक्रम व्यवस्थापक बालकृष्ण कटेल, इन्सेकका व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साह, ओरेक महोत्तरीकी कार्यक्रम अधिकृत विना सिंह, मानव अधिकार रक्षक संजाल महोत्तरीका सह संयोजक तथा पत्रकार रञ्जन भण्डारी, पत्रकार धर्मेन्द्रकुमार यादव लगायतका टोलीले अगुमन गरी सो जानकारी लिएका हुन् ।
टोलीले पीडित सुकमरियादेवीको घरमा गएर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै घटनास्थलको अनुगमन तथा छिमेकीहरु सँग समेत घटनाबारे जानकारी लिएका थिए ।
उक्त घटनामा संलग्न रहेकाहरु ३५ वर्षीय सिकिन्दर महतो, सिकिन्दरकी ३२ वर्षीया पत्नी पुरनीदेवी महतो, ६५ वर्षीया आमा प्रमिलादेवी महतो र २० वर्षीय भाइ अनिल महतो अहिले पुर्पक्षका लागि जलेश्वर कारागारमा रहेका छन् भने पीडितलाई पीडक पक्षबाट बारम्बार धाकधम्की आउने, पैसा लिएर मुद्दालाई खारेज गराउने जस्ता प्रलोभनहरु आइरहेको पीडित सुकमरियाले जानकारी दिइन् ।
त्यसैगरी यस टोलीले बलवा नगरपालिका–१० रौजाबजारका बलात्कार घटनाका पीडित एक अपाङ्ग बालिकाको स्वास्थ्य अवस्था तथा इन्सेकको पहलमा गरिएको न्याय सम्बन्धी कानुनी प्रक्रिया बारे समेत जानकारी लिएका थिए ।
अनुगमन टोलीले समाजमा विद्यमान कथित बोक्सी जस्ता अन्धविश्वास तथा कूरीति हटाउन कडा नियम र नियमन तथा सचेतनामूलक अभियानहरू आवश्यक परेको हुनाले यसप्रति सरकार तथा सम्बन्धित निकाय, सङ्घसंस्था, नागरिक समाज र स्थानीय समुदायको सहयोग र सहकार्यको आवश्यक्ता रहेको उल्लेख गर्दै दुबै घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई अबिलम्ब कानुन बमोजिमको सजाय र पीडितलाई न्यायसहितको क्षतिपूर्ति दिन सम्बन्धित निकाय समक्ष माग गरेका छन् ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…