इन्सेक धनुषा प्रतिनिधिको संयोजकत्वमा मानव अधिकार रक्षक सञ्जाल गठन
धनुषा जिल्लामा कार्यरत मानव अधिकारकर्मीहरूको भेलाबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार महराको संयोजकत्वमा २१ सदस्यीय मानव अधिकार सञ्जाल गठन गरिएको छ ।
मङ्सिर ७ गते जनकपुरमा भएको मानव अधिकार रक्षकहरूको भेलबाट इन्सेक प्रतिनिधि महरा संयोजक र थर्ड एलाइन्सका मानव अधिकार अधिकृत किरण कर्णलाई सचिवमा चयन गरिएको हो ।
त्यस्तै सदस्यहरूमा मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष दिपेन्द्र दास, जिल्ला महिला अधिकार सरोकार समूहका अध्यक्ष उर्मिला यादव, युवा अभियानका जिल्ला संयोजक अशोक साह, दलित सेवा समाजका अध्यक्ष रामो महरा, नेपाल मानव अधिकार सङ्घका अध्यक्ष मनोज सिंह दनुवार, दलित नारी समाजका प्रतिनिधि सीतादेवी राम, नेपाल परिवार नियोजन सङ्घका अध्यक्ष दिनेश शर्मा, उत्थानका अध्यक्ष नथुनी दास, नेपाल राष्ट्रिय दलित समाज सङ्घका सचिव सञ्जित मण्डल, धनुषा स्काउटका प्रतिनिधि रितेश मलिक, निलहिरा समाजका जिल्ला संयोजक प्रदिप यादव, थर्ड एलाइन्सका प्रतिनिधि वीरेन्द्र कर्ण, रश्मी कर्ण, धनुष मिडिया एण्ड रिर्सच सेन्टरका अध्यक्ष महादेव राउत, प्रेमकुमार यादव, सपोर्ट नेपालका जिल्ला संयोजक प्रकाश ठाकुर, महिला मानव अधिकारकर्मी कुमारी भारती झा र ओरेकका जिल्ला संयोजक रोजलिङ बछार रहेका छन् ।
सञ्जाल गठन लगत्तै बसेको बैठकले आउँदो मङ्सिर २५ गते मानव अधिकार दिवसको अवसरमा प्रभातफेरी र दिप प्रज्वलन कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकमा राष्ट्रिय मानव अधिकार आयोग जनकपुर क्षेत्रीय कार्यालयका मानव अधिकार अधिकृत रेवा रेग्मीकोसमेत सहभागिता रहेको थियो ।
सञ्जालले जिल्लामा घटेका मानव अधिकार उल्लङ्घनका घटना, पीडितहरूको न्यायमा पहुँच बढाउन तथा राज्यका निकायलाई जिम्मेवार बनाउनका लागि क्रियाशील रहने जनाएको छ । साथै मानव अधिकारको अनुगमन, अनुसन्धान तथा अभिलेखीकरण कार्यलाई प्राथमिकतामा राखी पीडितमूखी कार्य गर्न अग्रसर रहने समेत जनाइएको छ ।
इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालय, काठमाडौँ
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…