इन्सेक दार्चुलाद्वारा आर्थिक अवस्था कमजोर भएका दुई जना बालिकालाई आर्थिक सहयोग
इन्सेक दार्चुलाले महाकाली नगरपालिका-४ का आर्थिक अवस्था कमजोर भएका दुई जना टुहुरा बालिकालाई कात्तिक ७ गते आर्थिक सहयोग गरेको छ ।
महाकाली नगरपालिका-४ का ११ वर्षीया अनिशा निरौला र नौ वर्षीया अनुजा निरौलालाई आर्थिक सहयोग गरिएको हो ।
दुवै जना पशुपति शिक्षा मन्दिर खलङ्गामा अध्ययनरत छन् । अनिशा कक्षा-४ र बहिनी कक्षा-२ मा अध्ययनरत छन् । उनीहरूलाई ७० वर्षीया हजुरआमा लक्ष्मी निरौलाले पालन पोषण गरिरहेकी छन् । 'घरमा अभिभावकको रूपमा म मात्रै हुँ ।'-लक्ष्मीले भनिन्-'बच्चाको पालनपोषण, पढाउन र उनीहरूलाई एकसरो लुगा किन्नसमेत पैसा छैन ।'
दुवै दिदीबहिनीलाई पशुपति शिक्षा मन्दिरले कक्षा १० सम्म निःशुल्क पढाइदिने जनाएको छ । 'पशुपति शिक्षा मन्दिरका प्रधानाध्यापक प्रेमसिंह खातीले दुवै बालिकाको पढाइ निःशुल्क बनाइदिने बताएपछि ठूलो गून लागेको छ ।'-उनले भनिन् ।
'अहिले आफ्नो बृद्ध भत्ताबाट कापी कलम, विद्यालय पोशाक र दैनिक छाक टार्ने काम गरेकी छु ।'-उनले भनिन् । बुवा जयसिंह निरौलाको पाँच वर्षअघि मृत्यु भएको हो भने आमा गीता निरौलाले दुवै बच्चा छोडेर अर्को विवाह गरेर हिँडेपछि बालिका बेसाहारा बनेका छन् ।
'दसैँतिहार त्यतिकै गयो । नातिनीहरूले नयाँ लुगा किनिदिनु भन्दै थिए । केही गर्न सकिएन ।'-उनले भनिन्-'दैनिक दुई छाक टार्न आफू काम गर्न नसक्ने भएँ ।'-उनले इन्सेक प्रतिनिधिसामु रूँदै भनिन्-'उमेरले नेटो काट्यो । कसरी गुजारा चलाउने ? घरमा सहारा नभएपछि दुवै नातिनीहरूको पालनपोषण गर्न नसक्ने भएकी छु । नातिनीको पढाइको लागि कहिले महिला तथा बालबालिका कार्यालयमा गुहार गरेको छु कहिले छिमेकीलाइ गुहार्नु परेको छ । बुढेसकालमा समेत सुख नपाइने भयो ।'-उनले भनिन् ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका कसुरदार गिरफ्तार
सात वर्षीया बलिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५ महिना २९ दिन कैद सजायको फैसला भएको १३ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २८ गते गिरफ्तार गरेको छ । जिल्ला अदालतका…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर उमनपा–४ का २८ वर्षीय सुमन भन्ने मनोज भण्डारीलाई दोषी ठहर गर्दै जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण
घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय…
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…