इन्सेक गण्डकी प्रदेशद्वारा मतदान केन्द्रको पर्यवेक्षण
इन्सेक गण्डकी प्रदेश कार्यालयद्वारा उपनिर्वाचन हुने तनहुँ क्षेत्र नम्बर १ को विभिन्न मतदान केन्द्रको पर्यवेक्षण गरेको छ ।
इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलको नेतृत्वको टोलीले वैशाख ८ गते जिल्ला सुरक्षा समितिले अति संवेदनशिल भनी तोकेको व्यास नगरपालिका– ८ को रिस्ती फेदी मतदान केन्द्र सहित व्यास नगरपालिका– ७ को क्यामिन मावि मतदान केन्द्र र व्यास नगरपालिका– ३ को महर्षी मावि मतदान केन्द्रको पर्यवेक्षण गरि मतदानको तयारी, सुरक्षाको अवस्था लगायतको विषयमा मतदान अधिकृत तथा राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।
यसैगरि टोलीले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तथा जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालसँग पनि भेटगरि निर्वाचनको तयारी तथा शान्ति सुरक्षाको अवस्थाको बारेमा छलफल गरेको छ ।
मतदानको दिन पृथ्वीराजमार्गमा प्रहरी स्कर्टङिमा निश्चित समयमा सवारी सञ्चालन गरिने तर मतदान हुने तनहुँ क्षेत्र नम्बर १ को सिमाना मुग्लिङ्गदेखी दमौलीको मादीको पुलसम्म उक्त सवारी साधन कतै पनि रोकिन नपाउने गरि यातयात सञ्चालन गरिने प्रजिअ रिजालले बताउनु भयो ।
साथै सहायक राजमार्ग र भित्री सडकहरू पुर्णरूपमा बन्द गरिने छ । त्यस्तै परिचय पत्र लिएका सन्चारकर्मी, अनुमती पाएका पर्यवेक्षक, चिकित्सक, एम्बुलेन्स, फोहोर बोक्ने, पानी बोक्ने तथा दुध, औषधी बोक्ने सवारी साधन भने सञ्चालन गर्न दिइने प्रजिअ रिजालले बताउनु भयो ।
पर्यवेक्षणको क्रममा इन्सेक गण्डकी प्रदेश संयोजक खकुरेलले निर्वाचनको निश्पक्षता र स्वच्छताको लागि भयरहित वातवरणमा निर्वाचन कार्य सम्पन्न गर्नु पर्ने बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…