इन्सेक अनलाइन लगायत विभिन्न माध्यममा समाचार प्रकाशन र प्रसारण भएपछि निर्माण कार्य सुरु
इन्सेक अनलाइन लगायत विभिन्न माध्यममा समाचार प्रकाशन र प्रसारण भएपछि उक्त समाचारको प्रभावका कारण हुम्ला र मुगुको दोमुख पुल निर्माणको काम सुरु भएको छ ।
दोमुखमा पुल निर्माण कार्य समयमा नबन्दा स्थानीयबासी तुइन तर्न बाध्य समाचार असार २६ गते इन्सेक अनलाइनमा प्रकाशन भएपछि साउन १ गतेबाट नियमित रुपमा सो पुलको निर्माण कार्य सुरु भएको प्रादेशिक प्राविधिक सहयोग इकाई सुर्खेतका प्राविधिक झुल बहादुर शाहीले जानकारी दिनु भएको छ ।
उहाँले भन्नु भयो इन्सेक अनलाइनमा प्रसारण भएपछि अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले तत्काल उक्त क्षेत्रमा पुल निर्माण कार्य गर्ने निर्देशन दिए अनुसार हाल उपभोक्ता समितिका अध्यक्षले निर्माण कार्य सुरू गर्नु भएको हो ।
पुल निर्माण कार्य २०७६ देखि गर्ने भनिएता पनि कोभिड–१९ का कारण जिल्ला बाहिर चितवनबाट पुलको फलामे सामग्रीहरू ढुवानी हुन नसक्दा ढिलाई भएको पुल चार वर्षपछिको साउनबाट उक्त निर्माण कार्य संचालन भएको प्राविधिक शाहीले बताउनु भयो ।
समयमै सामग्री ढुवानी हुन नसक्दा ढिला हुन गएको पुलका लागि अदानचुली गाउँपालिकाले गत ०७६÷०७७ को विनियोजित बजेटबाट ९२ लाख रुपियाँ छुट्याइएको थियो । यो वर्षको वैशाखबाट शुरु गर्ने भनिएको भए पनि २०७९ को स्थानीय तहको निर्वाचनले गर्दा काम गर्न नसकिएकाले केही ढिलाइ भएको भए पनि अबदेखि नियमित रुपमा निर्माण कार्य संचालन भइरहेको प्राविधिक शाहीले जानकारी दिनु भयो ।
लामो समय निर्माण हुन रोकिएको उक्त पुलको काम सञ्चालनका लागि प्राविधिक सहित अदानचुलीमा पुग्नु भएको छ । मुगु र हुम्ला जिल्लाको संयुक्त रुपमा उपभोक्ता समिति गठन गरेर संचालन गर्ने भनिएको दोमुख पुल निर्माण हुन नसक्दा सो ठाउँका स्थानीय जोखिम मोलेर आवत जावत गर्न बाध्य भएका हुन् ।
सरकारले पाँच वर्ष पहिले नै देशभर तुइन हटाउने घोषणा गरे पनि अधिकांश ठाउँमा पुल नबन्दा तुइनकै भरमा तर्न बाध्य भएका छन । मुगुको सोरू गाउँपालिका र हुम्लाको अदानचुली गाउँपालिका–१ श्रीनगरका बासिन्दालाई समयमै पुल नबन्दा ज्यानको बाजी राखेर तुइन तर्न बाध्य भएको अदानचुली गाउँपालिकाका स्थानीय मोती महतराले गुनासो गर्नु भयो ।
तुइन विस्थापित गर्ने सरकारले घोषणा गरेको पाँच वर्ष भइसक्दा पनि काम सञ्चालन नहुँदा दैनिक उपभोग्य बस्तुसमेत तुइनबाटै ओसार पसार गर्नुपरेको स्थानीयले गुनासो गर्दै आएका छन् । तुइनबाट वारपार गर्न बिरामी, महिला र बालबालिकालाई कठिन हुने गरेको महताराको भनाई छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…