इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल
नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले फिर्ता गरेको छ । इन्सेक अनलाइनमा असोज १० गते खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा भन्ने समाचार प्रकाशित भएपछि खाद्य संस्थानले असोज १३ गते चामल फिर्ता लिएको छ ।
स्थानीयलाई बिक्री भएको सो खाद्यान्न नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका सुब्बा नविन आचार्यको रोहवरमा चामल फिर्ता भएको नाम्खा गाउँपालिका– ५ का स्थानीय सम्पा रिन्जिङ तामाङले बताउनुभयो ।
उहाँले इन्सेक अनलाइनमा प्रकाशित भएको समाचारका कारण हामीले अर्को नयाँ चामल पाएको बताउनुभयो । कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले फिर्ता गरेर नयाँ चामल दिएको स्थानीय तामाङको भनाइ छ ।
मुचुको तुम्कोट खोला तर्ने क्रममा टिपरवालाले भिजाएपछि यस्तो समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका सुब्बा नविन आचार्यले बताउनुभयो । इन्सेक अनलाइनमा प्रकाशित भएको समाचार प्रभावकै कारण खाद्य संस्थानले ३२ बोरा कुहिएको चामल फिर्ता गरेको सुब्बा आचार्यले जानकारी दिनुभयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
१६ दिवसीय अभियानको अवसरमा र्याली तथा संवाद कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितताः महिला बालबालिकामा लगानीको ऐक्यवद्धताू भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसीय महिला हिंसा विरुद्धको अभियानको क्रममा…
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…