इन्सेक अनलाइनको प्रभावः ज्ञानमतिको घरमै पुगेर आँखा जाँच र आर्थिक सहयोग
बगनासकाली गाउँपालिका–७, खानीगाउँकी ६९ वर्षीया दृष्टिबिहीन ज्ञानमति खाम्चाको इन्सेक अनलाइनमा फिचर प्रकाशन भएपछि नेत्र रोग विशेषज्ञ लगायतको टोली ज्ञानमतिको घरमै पुगेर उहाँको आँखा परीक्षण गरेका छन् ।
पाल्पा लायन्स लाकौल आँखा अस्पताल, तानसेनका अध्यक्ष बुद्धिप्रसाद शर्मा, उपाध्यक्ष भिमसेन कार्की सहित अस्पतालमा कार्यरत नेत्ररोग विशेषज्ञहरूको टोली ०८१ असोज ८ गते ज्ञानमतिको घरमै पुगेर उहाँको आँखाको अवस्थाबारे परीक्षण गरेका हुन् ।
'बुढेसकालमा कष्टकर दैनिकी बिताउँदै दृष्टिबिहीन ज्ञानमति' शीर्षकमा असोज ७ गते इन्सेक अनलाइनमा फिचर प्रकाशन भएको थियो । अस्पतालका अध्यक्ष बुद्धिप्रसाद शर्माले ज्ञानमतिको आँखा परीक्षणको क्रममा आँखामा अवस्था जटिल भइसकेको पाइएको बताउनु भयो । 'आँखा पुरै सुख्खा भइसकेको पाइएको र यस सम्बन्धी गर्न सकिने उपचारबारे भैरहवा काठमाडौँका नेत्र रोग विशेषज्ञहरूबाट जानकारी लिइ सोही बमोजिम उपचार प्रवन्ध मिलाउछौँ', उहाँले भन्नुभयो ।
सोही अवसरमा युएइस्थित नेपालीहरूबाट प्राप्त दशैँ खर्च ७ हजार रुपियाँ पत्रकार नारायण न्यौपाने, बगनासकाली गाउँपालिका–७ का वडाध्यक्ष गणबहादुर बुढाथोकी, इन्सेक पाल्पा जिल्ला प्रतिनिधि लगायतले ज्ञानमतिलाई हस्तान्तरण गर्नुभयो ।
लायन्स लाकौल आँखा अस्पतालका अध्यक्ष बुद्धिप्रसाद शर्मा र उपाध्यक्ष भिमसेन कार्कीले ज्ञानमति दृष्टिबिहीन अवस्थामा एक्लै सङ्घर्षपूर्ण जीवन बिताइरहेको इन्सेक अनलाइन लगायत सञ्चारमाध्यमबाट थाहा पाएपछि सामाजिक अभियान अन्तरगत आफूहरूको टोली घरसम्म पुगेको बताउनु भयो ।
बगनासकाली गाउँपालिका–७, खानीगाउँ मैदानबारीकी ६९ वर्षीया ज्ञानमति खाम्चा २० वर्षदेखि दृष्टिबिहीन अवस्थामा रहनुभएको छ । उहाँका पतिको १५ वर्ष अघि निधन भइसकेको छ भने दुई छोराहरूको पनि आठ वर्ष अघि निधन भएको थियो । उहाँका दुई जना छोरीहरूको विवाह भइ आआफ्नो घरमा रहेका छन् । घरमै आँखा परीक्षण र आर्थिक सहयोग प्राप्त भएपछि ज्ञानमतिले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…