इन्सेक अध्यक्ष र कार्यकारी निर्देशकद्वारा प्रदेश कार्यालयको अनुगमन

  ०७८ साउन १७ गते

इन्सेकका  अध्यक्ष र कार्यकारी निर्देशकद्वारा लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको साउन १७ गते अनुगमन सम्पन्न भएको छ ।

अनुगमनका क्रममा इन्सेक प्रदेश कार्यालयका कर्मचारीहरूसँगको बैठकमा डाक्टर इन्दिरा श्रेष्ठले विश्वविद्यालयहरूसँग मिलेर मानव अधिकारका विषयमा अध्यनन थाल्नुपर्ने बताउनु भयो ।

photo2021080101banke

कार्यकारी निर्देशक बिजयराज गौतमले इन्सेक लुम्बिनी प्रदेश कार्यालयको नाममा रहेको जग्गा बिक्री गर्न सक्ने सम्भावनाको अवस्था वा कार्यालय भवन निर्माण गर्न सकिने अवस्थाका बारेमा आवस्यक प्रक्रिया अपनाउन सुझाव दिनु भयो ।

यसैगरी, निर्देशक गौतमले कार्यालयको कामका लागि अवस्यक पर्ने उपकरणहरूका  बारेमा जानकारी लिनु भएको थियो ।

प्रदेशको मानव अधिकार अवस्था र प्रदेश कार्यालयबाट भइरहेका कामका बारेमा प्रदेश संयोजक भोला महतले जनाकारी गराउनु भएको थियो ।


इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज