इन्सेक अध्यक्ष प्याकुरेलद्वारा निर्वाचन सुरक्षाबारे छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मोरङमा निर्वाचन सुरक्षा र तयारीबारे मोरङका सरकारी निकायसँग जानकारी लिएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडासँग छुट्टाछुट्टै भेटघाट गरी निर्वाचन तयारीबारे जानकारी लिएका हुन् ।
भेटघाटका क्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामा सुरक्षा अवस्था कडा पारिएको, सीमा क्षेत्रमा नियमित चेकजाँचका साथै आकस्मिक चेकजाँच र कुनै घटना भए प्रहरी ५ मिनेट भित्रमा सो स्थानमा पुग्ने गरी प्रहरी परिचालन गरिएको जानकारी गराएका छन् ।
त्यसैगरी मुख्य निर्वाचन अधिकृत खतिवडाले मतदानका लागि निर्वाचन केन्द्र बढाइएको, टाढा रहेका मतदानस्थलबाट चाँडो मतपेटिका ल्याउने व्यवस्थापनका काम भइरहेको जानकारी गराउँदै मङ्सिर १९ गतेबाट सबै मतदानस्थलमा परिचयपत्र वितरण र मतदान व्यवस्थापन सुरू भएको जानकारी गराएका छन् ।
छलफलमा अध्यक्ष प्याकुरेलले मतदान केन्द्रमा ठाउँको अभाव भएका कारण साँघुरो हुने हुनाले लाइन व्यवस्थापनमा समस्या हुने, अबेरसम्म मतदान हुने सम्भावना भएकोले विद्युतको व्यवस्थापन र सुरक्षा अवस्था मजबुत बनाउन सुझाव दिएका छन् ।
ईन्दिरा भट्टराई
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…