इन्सेकसहित संस्थाद्वारा एड्स दिवसमा प्रभातफेरी र अन्तरक्रिया
इन्सेक, सहयोगी समाज, जिल्ला प्रहरी कार्यालय, राजविराज नगरपालिका, सामुदायिक सेवा केन्द्रलगायतले राजविराज नगरपालिकामा विश्व एड्स दिवसको अवसरमा मङ्सिर १५ गते प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरेको छ ।
राजविराज नगरपालिकाको सभाकक्षमा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले एड्सको महामारी हुन नदिने र विभेदलाई अन्त्य गर्न जरुरी रहेको बताएका छन् । राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले हिंसा र रोग लुकाउन नहुने भन्नुहँदै हिंसा, यौन स्वास्थ्य अनि प्रजनन अधिकार एवं प्रजनन् स्वास्थ्यका कुराहरू खुलेर गर्न आव्हान गर्नु भयो ।
विश्व एड्स दिवसले असमानताहरूलाई सम्बोधन गर्दै एड्सलाई रोक्न आग्रह गरेको र सबै खाले असमानताहरूलाई सामना गर्न सकिने विश्वास दिलाएको उहाँले बताउनु भयो ।
इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले एचआइभी सङ्क्रमितहरूलाई अवहेलना होइन उपचार गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । एचआइभी सङ्क्रमितको मृत्युदर, नयाँ एचआइभी सङ्क्रमण दर र एचआइभी संक्रमित प्रतिको भेदभाव दर शून्यमा पू¥याउन कटिबद्ध हुनुपर्ने उहाँले बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका डम्बर यादवले विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने औषधिको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाउँदा एचआइभी सङ्क्रमितहरू अन्य व्यक्ति सरह सहज र लामो जीवन बाँच्न सक्ने बताउनु भयो ।
सङ्क्रमित रक्त ग्रहण गरिएमा, सङ्क्रमितले प्रयोग गरेको सुई जन्य छाला छेड्ने औजार प्रयोग गरेमा र सङ्क्रमित आमाबाट जन्मने बच्चाहरूमा मात्र एचआइभी सङ्क्रमणको सम्भावना रहने गजेन्द्रनारायण सिंह अस्पताल राजविराजकी नर्स सुनिता यादवले बताउनु भयो ।
ओसिएमसीकी मनिषा सिम्खडाले एचआइभी सङ्क्रमितसँग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै तौलिया वा चर्पी प्रयोग गर्दा एचआइभी सर्छ भन्ने कुरा भ्रम मात्र रहेको बताउनु भयो ।
कार्यक्रममा इन्स्पेकटर प्रमोद खडका, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितानारायण लाल दास, नेपाल पत्रकार महासंघ सप्तरीकी महिला उपाध्यक्ष अम्बिका दाहाल, राजविराज नगरपालिकाकी महिला, बालबालिका, जेष्ठ नागरिक शाखा प्रमुख अनिता चौधरी, स्पर्श नेपालका ललन झा, आदिवासी जनजाति महासंघकी सल्लाहकार प्रिया सिंह थारु लगायतले अपहेलना गर्दा संक्रमितहरु लुकेर बस्ने र उपचार नगर्ने अवस्था सृजना भएकोले सबै मिलेर उपचारात्मक अनि परामर्शात्मक सुविधातर्फ डोरयाउनु पर्ने बताउनु भयो ।
सहयोगी समाजका कार्यक्रम संयोजक प्रदिप लामिछानेको अध्यक्षता र रामप्रकाश चौधरीले स्वागत गर्नु भएको अन्तरक्रिया कार्यक्रम अघि रातो रिबन राखिएको विभिन्न ब्यानरहरू, नारा र चिह्नहरू बोकेर निक्लिएको र्यालीले राजविराज नगर परिक्रमा गरेको थियो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत इन्सेकसहित विभिन्न संस्थाहरु सम्मिलित मूल समारोह समितिको आयोजनामा १६ दिनसम्म ¥याली, गोष्ठि, सभा र अन्तरक्रिया कार्यक्रम भइरहेको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…